मौसमी संक्रमणबाट कसरी बच्ने?

मौसमी संक्रमणबाट कसरी बच्ने?
+
-

काठमाडौँ – मौसम परिवतनसँगै विभिन्न किसिमका संक्रमणले आक्रमण गर्ने गर्छ । संक्रमणका कारण शरीरमा दैनिक समस्या आउँछ । । जसले गर्दा कार्य संचालनमा समेत बाधा निम्त्याउँछ ।

सरुवा रोग विषेशज्ञ डा. शेरबाहादुर पुनका अनुसार यो मौसममा धेरै रोगहरुको संक्रमणको जोखिम हुन सक्छ । यो समयमा विषेशगरी पानीजन्य, किटजन्य र हावाजन्य रोगहरुको बढ्दो संक्रमण रहन्छ।

यो समयमा पानीजन्य रोग टाइफाइड, झाडापखला, जन्डिस तथा हावाजन्य रोग रुखाखोकी, भाइरल ज्वरो र किटजन्य रोग मलेरिया, स्क्रप्ब टाइफस जस्ता संक्रामक रोग लागेका बिरामी सरुवा रोग अस्पताल टेकुमा दिनहुँ आउने गरेको डा. पुन बताउँछन् ।

पुन भन्छन् ‘यो समयमा सजक भएनै भने स्वास्थ्यमा गम्भीर असर पर्छ । तर्सथ यस्तो बेलामा स्वास्थ्यलाई निकै ख्याल गर्नुपर्छ ।’

कसरी बच्ने मौसमी संक्रमणबाट ?


  • पानी उमालेरै खाने चाहे मौसम गर्मी होस या जाडो
  • दूषित बासी खानेकुरा नखाने
  • बाहिर सडकपेटीमा खुल्ला गरी बेच्न राखिएको खानेकुरा नखाने
  • काम गर्न ठाँउमा कसैले खोक्दै छ भने आफु १ मिटरको दूरीमा बस्ने
  • खाना या खाजा खाँदा साबुन पानीले राम्रोसँग हात धुने
  • यो बेला लामखुट्टे, उडुस, उपियाँको जोखिम रहने हुँदा झुलको नियमित प्रयोग गर्ने
  • भान्सा र घरवरपर सफा राख्ने
  • यो मौसमा आँखाको संक्रमणको जोखिम रहने हुँदा धुलोबाट बच्न आँखालाई सुरक्षा दिने चस्मा लगाउने
  • फोहोरमैला र प्रदुषणको कारणले गर्दा पनि सक्रमण जोखिम हुन्छ तसर्थ बाटोमा हिँड्दा मास्को प्रयोग गर्ने
  • व्यक्तिगत स्वास्थ्यमा विषेश ध्यान दिने ।
नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’