प्रविधि

के जोखिमपूर्ण बन्दैछन् ठूला प्रविधिहरु?

के जोखिमपूर्ण बन्दैछन् ठूला प्रविधिहरु?
+
-

प्रविधि क्षेत्रमा विश्वका ठूला ब्राण्डले भव्य आर्टिकल्चर मास्टर पिस निर्माण गरेका छन् । सिलिकन भ्यारीले पक्कै पनि राम्रो काम गरेका छ र आफूसहित विश्व समुदायलाई भएको भन्दा सहज र उत्कृष्ट बनाउनमा महत्वपूर्ण भूमिका पक्कै खेलेको छ ।

तर प्रविधिका ठूला कम्पनीले सर्वसाधारणसँग पहुँच बिस्तार गर्दै गर्दा उनीहरुमाथि चुनौती पनि थपिएको छ । पछिल्लो समय उजागर भएको तर निकै गम्भीर प्रश्न हो, के ती कम्पनीले दिएको सेवाको बदलामा हाम्रा व्यक्तिगत जानकारी अरु कसैसँग बाँडेका छन् ?

यस्तो दिन पनि थियो–गुगल मात्रै सर्च इन्जिन थियो, फेसबुक मात्रै पर रहेका आफ्नाहरुसँग जोडिने माध्यम । यसैगरी एप्पल मात्रै फल थियो अर्थात कम्प्युटर मात्रै थियो ।

तर अहिले यिनी ब्राण्डहरुको क्षीतिज फेरिएको छ । फराकिलो बनेको छ । यिनीहरु स्वास्थ्य, शिक्षा, भुक्तानी प्रणाली, सामाजिक परियोजना र बढ्दो रुपमा राजनीतिमा पनि संलग्न भएका छन् ।

यो हप्ताको टेक टेन्ट पोडकास्टमा, लेखक तथा भविष्यवादी लुसी ग्रिनले भनिन् कि यो समय प्रविधिका जाइन्टहरुले अलिक धेरै परीक्षणको सामना गरिरहेका छन् ।

ठूला ब्राण्डको भक्ति


उनले भनिन्, ‘तीब्र गतिमा बढ्दै गएको प्रविधि क्षेत्रको व्यवसायका कारण हामी लामो समयदेखि भयमा थियौँ जस्तो लाग्छ । यस्तै प्रविधिको सफलताको कथाले पनि हामीलाई त्रासमा पारेको थियो।’

लामो समयदेखि प्रविधि र यसमा संलग्न फर्महरुमाथि क्रिटिकल भएर नहेरिएको हुन सक्ने उनले बताएकी छन् ।

अधिकांश समय प्रायः फर्महरु नयाँनयाँ उत्पादन लञ्च गर्ने र धेरै भन्दा धेरैसम्म लैजानेमा फोकस रहे, अर्थात ठूला ब्राण्डको एक प्रकारले भक्ति मात्रै भएको देखियो ।

यस्तोमा यो प्रश्न पनि आउन सक्छ कि जसले आफ्ना ब्राण्डसँग कुनै सम्बन्ध नै राख्दैनन् उनीहरुका जिज्ञाशा सुन्नु किन आवश्यक ? तर यस्ता प्रश्न आलोचना भन्दा पनि क्रिटिकल हुन् । चाहे त्यो राजनीतिक उद्देश्य वा कम्पनीका कामदारको स्वास्थ्य सेवासँग सम्बन्धित किन नहुन्, त्यसको जवाफ अर्बौँ डलरका कम्पनीले दिनु आवश्यक हुन्छ ।

एन्टी–मिडिया


सामाजिक सञ्जाल फेसबुक र क्याम्ब्रिज एनालिटिकाले प्रयोगकर्ताको जानकारी अवैध रुपमा प्रयोग गरेको घटनाले सिलिकन भ्याली क्याम्पसको चम्किलो ढोका तथा झ्याल पछाडि के–के पनि हुन्छ भन्ने कुरामा प्रकाश पार्‍यो ।

प्रविधिका जाइन्ट कम्पनीहरुले आफूहरु पारदर्शी रहेको बताउने र दाबी गर्ने गरेका छन् । तर अहिले पनि टेक–जाइन्टहरु पारदर्शिता कायम गर्न लजाएका छन् र यो लाजको क्रमले निरन्तरता पाएको छ।

उनले भनिन्, ‘धेरै हदसम्म टेक–जाइन्टको व्यवहार सञ्चारमाध्यमप्रति अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको जस्तै छ ।’

ग्रिनले अघि भनिन्, ‘गएको हप्ता अमेरिकामा ट्रम्पको एन्टी–मिडिया व्यवहार बारे धेरै कुरा आए । तर ठूला प्रविधि कम्पनीहरु त्यो भन्दा पनि भयानक एन्टी–मिडिया देखिएका छन् ।’

मिडियाका लागि वास्तविक रुपमा कायम रहेको चुनौतीका रुपमा प्रविधि कम्पनी छन् । गुगल तथा फेसबुकसहितका प्रविधिहरु अहिले मिडियालाई प्रतिस्थापित गरेर आफै मिडिया बनिरहेको ग्रिनले बताएकी छन् र यो खतराको कुरा हो ।

प्रविधि सम्बन्धी समाचार वेब साइट टेक वर्ल्डकी सम्पादक शार्लेट जी पनि यो कुरामा सहमत छिन् । प्रविधि कम्पनीलाई उनीहरु जसलाई चाहन्छन् वा जोसँग सहज हुन चाहन्छन् उनीहरुसम्मको पहुँच दिइनु पर्ने उनले बताइन् ।

तर त्यसलाई अरु प्रयोजनका लागि प्रयोग भने गर्न नहुने उनको भनाई छ । उनीहरु एकाउन्ट वा प्रयोकर्ता बढाउने ध्यानमा मात्रै केन्द्रित हुन नहुने विशेषज्ञको भनाई छ ।

(बिबिसीका प्रविधि संवाददाता जोई क्लाइमनको लेखको अनुवाद)

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?