मिथिलाञ्चलमा झुलनोत्सव

झुलाको आनन्द लिँदै भगवान राम र माता सीता

झुलाको आनन्द लिँदै भगवान राम र माता सीता
+
-

जनकपुरधाम – मिथिलाञ्चलमा झुलनोत्सवको रौनक छ । द्वापर युगमा राधा–कृष्ण र त्रेता युगमा सीता–रामले झुला झुलेको मान्यता अनुसार मिथिलाञ्चलमा प्रत्येक वर्ष झुल्नोत्सव मनाइने गरेको छ ।

साउन शुक्ल तृतिया तिथिदेखि सुरु हुने झुल्नोत्सव जनै पूर्णिमा (रक्षाबन्धन) को दिनसम्म जारी रहन्छ ।

जनकपुरधामस्थित जानकी मन्दिरसहितका मठमन्दिरमा झुलाको रौनक देखिएको छ ।

जानकी मन्दिरमा रहेको राम–जानकीको प्रतिमासहित अन्य देवीदेवतालाई मन्दिरको मुल स्थानबाट बाहिर ल्याई झुलामा बसाएर झुला झुलाउने गरिएको छ ।

झुला लागे कदमके डारी, झुलथि अबध विहारी ना
सिया रघुबर के झूलन देख चलु हे सखी ।
सिया संग राम झूलाबए चलु हे सखी ।

भगवान राम–सीताले वर्षाको आनन्द लिन झुला झुलेको जनविशवासका आधारमा उक्त प्रतिमालाई विशेष किसिमको गद्दीमा राखी झुलाउने गरिएको छ ।

जानकी मन्दिरमा विशेष किसिमका तीनवटा सिंहासनमा राम–सीताको मूर्ति राखी झुला झुलाउने परम्परा रहेको छ ।

जानकी मन्दिर, रत्नसागर मन्दिर, बिहार कुण्डमा झुलाको विशेष रौनक देखिन्छ भने रामको झुला मन्दिरबाट पर धनुषासागर र गंगासागरको बिचमा रहेको झुलनघाटमा लगाइएको छ ।

भगवान राम ससुराली मिथिलामा आउँदा उनले झुला झुलेको स्थानको रुपमा परिचित जनकपुरको गंगासागर र धनुषा सागरको बिचमा रहेको झुलनघाटमा रामको प्रतिमालाई झुलाउने गरिएको मन्दिरका पुजारी रमण पाण्डेयले बताएका छन् ।

झुलनोत्सवका लागि अहिले जनकपुरको मठमन्दिरहरुमा नाचगान, भजन किर्तन र लोक कथाहरु वाचन हुने गरेको छ भने जानकीको झुलाको लागि जानकी मन्दिरमा हरेक साँझ मिथिलाको लोक गीत झुला र कजरी गाइन्छ ।

भुलनोत्सवमा विभिन्न प्रकारका कर्णप्रीय झुलाका तथा मिथिलाका गीतहरुले गर्दा जनकपुर गुञ्जमान भएको छ । जसले गर्दा नेपाल तथा भारतबाट आएका पर्यटक मन्त्रमुग्ध बन्ने गरेका छन् भने यहाँका स्थानीयहरु भक्तिमा डुबेका देखिन्छन् ।

यस्तो छ जनविश्वास


जानकी मन्दिरका छोटा महन्थ रामरोशन दास वैष्णवका अनुसार जनकपुरधारममा झुला उत्सवको प्रारम्भ जानकी मन्दिरका आदि महन्थ सुरकिशोर दासले गरेको बताइन्छ र दासको आगमनको समय भने सन् १७३० लाई मानिन्छ ।

त्यस समयमा जनकपुरधाममा विभिन्न मन्दिरको स्थापना भएको र विभिन्न उत्सवको सुरुवाता समेत भएको मानिन्छ ।

सुरकिशोर दास माता जानकीलाई पुत्री मान्दथे र उनले मात जानकीसँग कुराकानी गर्ने गरेको बताइन्छ भने माता जानकीको सल्लाहमा अनुसार नै आदि महन्थ सुरुकिशोर दासले यस उत्सवको प्रारम्भ गरेको विश्वास छ ।

यस्तै शन्त सम्प्रदायको गढ तथा भगवान रामको घर मानिने अयोध्या र कृष्ण सम्प्रदायको गढ बृन्दावनबाट झुलाको परम्परा जनकपुरधाममा आएको बताइन्छ ।

सावनमे उपवन वन फूले
झुला झुले नन्दकिशोर
कदमक डारीमे लागल हिडोला
झहरय नभ घनघोर

धार्मिक पृष्ठभूमिमा आधारित यस गीतलाई समाजशास्त्रीय दृष्टिकोणले मनन् गर्दा झुलाको प्रारम्भलाई संकेत गर्दछ । पहिले पहिले साधुसन्त खुल्ला चौर वा कुनै रुखको छहारीमा बास बसे पनि उनीहरुले आफ्नो झोलामा श्रद्धाका साथ ल्याएका शालीग्रामलाई आसनमा राखी झुलाउने गर्थे ।

साउन शुक्ल पूर्णिमाको राति १२ बजे झुलनोत्सव डोरी काटीन्छ । यससँगै विधिवत् रुपमा झुला सम्पन्न गर्ने धार्मिक परम्परा छ ।

यस्तै, कृष्णाको जन्मोत्सव कृष्णाष्टमी देखी फेरी ६ दिनको लागी झुला सुरु हुन्छ । राधाकृष्ण्लाई झुलामा झुलाउने जनविश्वासका आधारमा कृष्णाष्टमीमा समेत झुला सुरु हुने गरेको छ भने ५ दिन पश्चात झुला सम्पन्न हुन्छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?