
काठमाडौँ – बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालका खाडीको प्रयास (बिमस्टेक) को चौथो शिखर सम्मेलनमा सहभागी हुन भारतीय प्रधानमन्त्री बिहीबार बिहान नेपाल आइपुग्दै छन् ।
भारतीय प्रधानमन्त्री मोदी त्रिभुवन विमानस्थलबाट सीधै पशुपतिनाथ दर्शनका लागि जाने छन् ।
उनी बिहान साढे ९ बजे पशुपति आइपुग्ने कार्यक्रम रहेको र पूजाका लागि विशेष तयारी भएको पशुपतिका एक पूजारीले जानकारी दिएका छन् । पशुपति दर्शन गरेर विशेष पूजा गरी मोदी सम्मेलनका लागि बल्ल आउने छन् ।