राहुल गान्धीको कैलाश यात्रा

मानसरोवर यात्रामा रहेका राहुल गान्धीको प्रतिकात्मक ट्वीट

मानसरोवर यात्रामा रहेका राहुल गान्धीको प्रतिकात्मक ट्वीट
+
-

काठमाडौँ – कैलाश मानसरोवरको यात्रामा रहेका भारतीय कांग्रेस पार्टीका अध्यक्ष राहुल गान्धीले प्रतिकात्मक ट्वीट गरेका छन् । उनको यात्राको विषयलाई लिएर भारतीय राजनीतिमा ठूलै खैलाबैला भइरहेका बेला यात्रामा रहेका गान्धीले भने बुधबार बिहान प्रतिकात्मक ट्वीट गरेका हुन् ।

उनले ट्वीटमा कैलाशले जसलाई बोलाउँछ उसैले यात्रा गर्ने उल्लेख गरेका छन् । उनले भनेका छन्, ‘जब कैलाशले बोलाउँछ र जसलाई बोलाउँछ उ यात्रामा निस्कन्छ । यो अवसर पाएकोमा म निकै खुशी छु र यो सुन्दर यात्रामा देखिएका कुरा बाँड्न पाउँदा उत्साहित छु ।’

कैलाश यात्रा ह्यासट्यागमा उनले ट्वीट गरेका छन् । त्यसपछि गरिएको ट्वीटमा राहुलले कैलाश मानसरोवरको सुन्दर दुई तस्बिर पोस्ट गरेका छन् ।

त्यसमा उनले लेखेका छन्, ‘मानसरोवरको पानी निकै निस्चल र शान्त छ । यसले सबथोक दिन्छ र केही पनि गुमाउँदैन । जसले पनि यहाँको पानी पिउन सक्छ । यसमा घृणा छैन । यसैले हो हामीले यो पानीलाई पूजा गर्ने ।’

राहुलको धार्मिक यात्रालाई लिएर भारतीय जनता पार्टीले विभिन्नथरीका प्रश्न गर्दै आएको छ । सत्तामा रहेको भाजपाले राहुलको यात्रा धार्मिक मात्रै नभएर चीनसँगको सम्बन्धका रुपमा चित्रित गरेको थियो ।

तर अहिले उनको यात्रामा ‘भेज–ननभेज’ को विषयलाई केन्द्रमा राखिएको छ । राहुल गान्धी गएको शुक्रबार काठमाडौँ आएर बसे । भोलिपल्ट शनिबार उनी चीनको बाटो भएर मानसरोवर यात्रामा निस्किएका हुन् ।

उनले शुक्रबार राति नेवारी खाना खाएको कुरा बाहिर आएपछि त्यसमा ननभेज रहेको र धार्मिक यात्रामा निस्केका व्यक्तिले ननभेज खान नहुने भन्दै भारतीय मिडियामा यसलाई ठूलै विषय बनाइएको छ ।

तर राहुल भने आफ्नो यात्रामा मग्न देखिएका छन् र उनले आलोचकहरुलाई प्रतिकात्मक रुपमा जवाफ पनि दिएका छन् । राहुलले आफू शिवभक्त रहेको बताउँदै आएका छन् ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?