भारतीय नेताको पशुपति यात्रा (फोटो फिचर)

भारतीय पूर्व प्रधानमन्त्री देवेगौडाको पशुपतिमा विशेष पूजा

+
-

काठमाडौँ – भारतका पूर्व प्रधानमन्त्री तथा जनता दल सेकुलरका नेता एचडी देवेगौडाले पशुपतिनाथ मन्दिरमा विशेष पूजा गरेका छन् ।

बिहीबार नेपाल आएका देवेगौडाले शुक्रबार बिहान झण्डै एक घण्टा लगाएर पूजा ५६ हजारको विशेष पूजा गरेका हुन् । पूजाका लागि उनीसँगै आएका पूजारीहरु पनि पशुपति गएका थिए ।

पशुपतिमा देवेगौडाले लाख बत्ती पनि बाले । पूजा गरेर सकेपछि देवेगौडाले पशुपतिको आगन्तुक पुस्तिकामा आफ्नो सन्देश पनि लेखे । उनले पूजा गरेर निस्किएपछि भने, ‘परिवारको साथमा पशुपति दर्शनका लागि आएको हुँ, यहाँ पूजा गरेर र पशुपतिनाथको दर्शन गरेर आनन्द लागेको छ ।’

देवेगौडाले पशुपतिमा केही बृद्धलाई दान पनि गरे । उनलाई पशुपति विकास कोषले पशुपतिको प्रतिमा प्रदान गरेको थियो । पशुपतिनाथका पूजारी भट्टहरु कर्णाटककै हुन्छन् र देवेगौडा पनि कर्णाटककै हुन् । उनी तीन दिने निजी भ्रमणका लागि नेपाल आएका हुन् ।

८५ वर्षीय देवेगौडा सन् १९९६ जुनदेखि करिब ११ महिनाका लागि भारतको प्रधानमन्त्री बनेका थिए । त्यसअघि उनी कर्णाटकका मुख्यमन्त्रीसमेत रहेका थिए । हाल उनका छोरा कुमारास्वामी त्यहाँको मुख्यमन्त्री छन् ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?