आउँदैछन् नयाँ आइफोनहरु

एप्पलका तीन नयाँ आइफोनः मूख्य विशेषता र सम्भावित मूल्य

एप्पलका तीन नयाँ आइफोनः मूख्य विशेषता र सम्भावित मूल्य
+
-

एप्पल अब आइफोन वा म्याकबुक र अरु यस्तै सामग्री निर्माता कम्पनी मात्रै होइन । उ कुल पूँजी एक ट्रिलियन अमेरिकी डलर पुग्ने पहिलो अमेरिकी कम्पनी हो ।

एप्पल भन्ने बित्तिकै आइफोनको दिमागमा आइहाल्छ । मोबाइलको विश्व बजारमा आइफोनको माग पनि शीर्ष भित्रै पर्छ । एप्पलले विशेष कार्यक्रमका साथ आफ्नो वार्षिक क्यालेन्डर अनुसार बुधबार नयाँ फोनहरुसहित अरु उत्पादन सार्वजनिक गर्दैछ ।

एप्पलले तीनवटा नयाँ आइफोन, पुनर्संरचना गरिएको एप्पल वाच र नयाँ आइप्याड सार्वजनिक गर्नेै तयारी गरेको विगत केही हप्तादेखि आइरहेका खबरले जनाउँछ ।

एप्पलका प्रमुख कार्यकारी टिम कुकुले क्यालिफोर्नियामा हुने कार्यक्रम मार्फत तीनवटा आइफोन सार्वजनिक गर्ने तयारी रहेको प्रविधिसँग सम्बन्धित विभिन्न समाचार अनलाईन र विज्ञले बताएका छन् ।

एप्पलले आइफोन एक्सएस, आइफोन एक्सएस म्याक्स र आइफोन एक्सआर सार्वजनिक गर्ने तयारी गरेको सिनेटसहितका प्रविधिसम्बन्धी अनलाईनले बताएका छन् ।

एप्पलले सन् २०१२ देखि हरेक सेप्टेम्बरमा नयाँ आइफोन सार्वजनिक गर्ने गरेको छ । यो क्रमम आइफोन फाइभदेखि सुरु भएको हो । एप्पलले सन् २०१४ देखि दुई मोडलका आइफोन सार्वजनिक गर्न थाल्यो ।

गएको वर्ष उसले आइफोन एट र आइफोन एट प्लस ल्यायो । त्यसको केही कप्तापछि पुनर्संचना गरिएको आइफोन एक्स सार्वजनिक गरेर उसले नयाँ संस्करण लञ्च गरेको थियो ।

एप्पलले यो वर्ष पनि एक्स संस्करणमा आधारित तीन फोन सार्वजनिक गर्ने तयारी गरेको विभिन्न खरबमा उल्लेख छ । यी फोनमा होम बटन हुने छैनन् भने फुल स्क्रिन हुनेछ र फेस आइडी पनि समावेश हुनेछ ।

आइफोन एक्सएस


गएको वर्षको आइफोन एक्सको अघिल्लो संस्करणको रुपमा एप्पलले आइफोन एक्सएस ल्याउने लागेको खबर छ । यो फोनमा आइफोन एक्सको भन्दा पर्फमेन्स सुधारिएको हुनेछ ।

यस्तै ड्युअल क्यामराको क्षमतामा सुधार गरिएको र ब्याट्रीको लाइफ पनि बढी बनाइएको हुनेछ । यसको स्क्रिन भने ५.८ इन्चकै ओएलइडी हुने र मूल्य ८९९ अमेरिकी डलर हुने अपेक्षा गरिएको छ ।

आइफोन एक्सएस म्याक्स


एप्पलले एक्स संस्करणको ठूलो स्क्रिनवाला फोन पनि बनाएको खबर छ । यसको नाम आइफोन एक्सएस म्याक्स रहने र स्क्रिन ६.५ इन्चको हुने उल्लेख गरिएका छन् ।

यसमा तीनवटा रेअर क्यामरा हुनेछ । मूल्य ९९९ देखि ११०० अमेरिकी डलरसम्म पर्ने अनुमान छ । आइफोन एक्सएस म्याक्समा एप्पल पेन्सिल पनि हुने अनुमान गरिएको छ ।

किनकी प्रतिस्पर्धी सामसुङले महत्वका साथ बजारमा ल्याउँदै आएको ग्यालेक्सी नोट फोनहरुसँग बजारमा प्रतिस्पर्धा गर्नका लागि एप्पलले यसमा पेन्सिलको सुविधा राख्ने बताइएको छ ।

आइफोन एक्सआर


यो फोन कम बजेट भएकाहरुका लागि फोकस गरेर ल्याउन लागिएको हो । आइफोन एक्सआरमा ६.१ इन्चको एलसिडी स्क्रिन हुनेछ भने सिंगल रेअर क्यामरा रहनेछ । यसको डिजाइन आल्मुनियमको हुने बताइएको छ ।

यो फोनको मूल्य अरु फोनको भन्दा कम हुने अपेक्षा छ । यसको बजार मूल्य ६९९ देखि ८४९ अमेरिकी डलरको बिचमा रहने बताइएको छ ।

यो बाहेक एप्पलले सबैभन्दा कम बजेको आइफोन एसईको नयाँ मोडल आइफोन एसई टू पनि ल्याउने सक्ने अमेरिकी पत्रिका ब्लूमबर्गको पछिल्लो रिपोर्टमा उल्लेख गरिएको छ ।

अरु के के आउँदै छन् ?


एप्पलले क्यालिर्फोनियामा हुने विशेष कार्यक्रममार्फत पुनर्संरचित एप्पल वाच ल्याउने छ । गुगल र सामसुङले स्मार्ट वाचमा ठूलो प्रगति गरेकाले एप्पलले पनि एप्पल वाच फोर ल्याउने तयारी गरेको छ।

नयाँ वाचको डिस्प्ले ठूलो हुनेछ । यसमा क्लिक फ्रि बटन हुनेछ । यस्तै नयाँ आइप्याड प्रो पनि सार्वजनिक हुँदैछ । यसैगरी नयाँ म्याक र म्याकबुक पनि आउँदैछ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?