गणेश चौथीः बिघ्नहर्ताको पूजा गरी मनाईँदै

गणेश चौथीः बिघ्नहर्ताको पूजा गरी मनाईँदै
+
-

काठमाडौँ – भाद्र शुक्ल चतुर्थीका दिन बिहीबार बिघ्नहर्ता गणेशको जन्मोत्सव मनाइँदैछ । शिवपार्वतीका पुत्र गणेशलाई जुनसुकै धार्मिक कर्ममा अग्रपूजाको अधिकारप्राप्त छ ।

हरितालिका तिजको व्रत पारायण गरी गणेशको व्रत गर्ने शास्त्रीय मान्यता रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष डा. रामचन्द्र गौतमले बताए । मध्याह्नकालमा ऋद्धि, सिद्धिसहितका गणेशको पूजा गरी अघ्र्य चढाउने विधि छ ।

भाद्र शुक्ल तृतीयाका दिन सुखद् दाम्पत्य जीवन तथा सुखशान्तिको कामना गरेका व्रतालुले बिहीबार जीवनमा बिघ्न नआओस् भनी कामना गर्न गणेश पूजा गर्ने विधान ‘गणेश पुराण’मा उल्लेख गरिएको छ ।

मङ्गल चतुर्थीसमेत भनिने यो दिन काठमाडौँको अशोकविनायक, चन्द्रविनायक, भक्तपुरको सूर्यविनायक, कमलविनायकलगायत देशभरका गणेश मन्दिरमा भक्तजनको भीड लाग्छ । नेवार समुदायले आजको दिनलाई ‘चथा’ पर्वका रूपमा मनाउँछन् । यस दिन बालबालिकालाई ‘छुस्यामुस्या’ बाँड्ने चलन छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?