रगतको परीक्षणबाट थाहा लाग्छ शरीरको समय

शरीरको सही समय थाहा छ ?, आउँदैछ सजिलो उपाय

शरीरको सही समय थाहा छ ?, आउँदैछ सजिलो उपाय
+
-

हामी सबैको शरीरले आन्तरिक समय अर्थात घडीको आधारमा काम गर्छ । मानव शरीरमा हुने आन्तरिक समय प्रणाली वा घडीलाई ‘सरकेडियन रिदम’ भनिन्छ ।

सरकेडियन रिदम र हामीले लगाएका घडीको समयमा तालमेल मिलेका बेला प्रायः सबै काम राम्रोसँग भइरहेको हुन्छ । शरीरको आन्तरिक घडी र हामीले प्रयोग गर्ने गरेको बाह्य घडीमा तालमेल नमिलेमा विभिन्न स्वास्थ्य समस्या देखिने गर्छ ।

सरकेडियन रिदम प्रतिकुल हुने गरी केही भएमा समस्या देखिन्छ । भिन्न टाइम जोनको यात्रा अर्थात समूद्र पारीको यात्रा, रातभर जागा बस्नु पर्ने अवस्था वा रातिको सिफ्टको जागिर भएमा सरकेडियन रिदम र बाह्य घडीबिचको तालमेल मिल्दैन । यसले गर्दा विभिन्न स्वास्थ्य समस्याहरु देखिने गर्छ ।

तर स्वास्थ्य विज्ञानमा भइरहेको प्राविधिक उन्नतिले अब चाँडै नै डाक्टरले सरकेडियन रिदम र बाह्य घडीबिचको तालमेल कतिले तलमाथि भएको छ भन्ने थाहा पाउन सक्ने भएका छन् । यसका लागि रगतको केही परीक्षण गरे पुग्ने भएको छ ।

सरकेडियन रिदमका बारेमा जति हामीले जान्दै जान्छौँ त्यति नै थाहा लाग्छ कि यसको महत्व हामीले गर्ने हरेक क्रियाकलापमा कति रहेछ भन्ने ।

शरीरको घडीले हामी निदाएको, उठेको, भोकाएको, दिसा–पिसाब लागेको, मांशपेशीले राम्रोसँग काम गरिरहेको, हामी बढी उत्पादनशिल भएको वा खाना तथा औषधिको मेटाबोलिजमका लागि पनि निर्देशन दिने गरिरहेको हुन्छ ।

सरकेडियन रिदम र व्यक्तिमा हुने मधुमेह, कार्डिओभास्कुलर डिजिज र न्युरोडिजेनेरेटिभ डिसअडर जस्तैः पार्किन्सन्स र हन्टिङ्थटनसहितका रोगसँग पनि सम्बन्ध रहेको अनुसन्धानकर्ताले बताएका छन् । सरकेडियन रिदम र बाह्य घडीबिच तालमेल मिलाउन सकेमा यी सबै जोखिमबाट धेरै हदसम्म पर हुन सकिने देखिन्छ ।

यसले गर्दा हाम्रो शरीरको घडीका बारेमा थाहा पाउनु रक्तचाप वा क्लेस्ट्रोलको स्तरका बारेमा थाहा पाउनु जत्तिकै महत्वपूर्ण हुन्छ शरीरको घडीबारे थाहा पाउनु । डाक्टरले यसलाई कुनै व्यक्तिको स्वास्थ्य अवस्थामा विभिन्न समस्याको जोखिम रहेको अवस्थामा मात्रै नभएर उपचारको समय निर्धारणका लागि पनि प्रयोग गर्ने गर्छन् ।

कुनै पनि औषधिको कम भन्दा कम डोजले त्यसले काम गर्न सक्ने माथिल्लो स्तरसम्म काम गर्ने बनाउनका लागि व्यक्तिको शरीरको घडीबारे थाहा पाउनु महत्वपूर्ण हुन्छ ।

अहिले शरीरको घडी थाहा पाउनका लागि डाक्टरले हरेक घण्टामा व्यक्तिको रगत लिएर त्यसमा मेलाटोनिनको स्तरबारे जानकारी लिने गरेका थिए । तर व्यक्तिको आन्तरिक घडीबारे थाहा दिने मेलाटोनिनमात्रै होइन ।

बायोलोजिस्ट रोजमेरी ब्राउनले द कन्भर्सेसनका लागि लेखेको लेख अनुसार व्यक्तिको हरेक सेलमा घडी हुने गर्छ । यही अनुसन्धानका लागि गएको वर्ष तीन वैज्ञानिकले नोबेल पुरस्कार पाएका थिए ।

शरीरमा रहेका ४३ प्रतिशतसम्म जिनहरुले सरकेडियन रिदमसँग काम गर्ने गरेका छन् । तिनै जिनमाथि अनुसन्धान गरेर सरकेडियन रिदमका बारेमा वास्तविक तथ्य थाहा पाउन सकिने र आफूहरु त्यसकै प्रयासमा रहेको ब्राउन र उनका सहयोगीले बताएका छन् ।

ब्राउनसँगै स्लिप मेडिसिन र सरकेडियन बायोलोजी विज्ञ फिलिस जी तथा रवी अलादाले सरकेडियन रिदमका बारेमा सही जानकारी दिने जिनबारे अनुसन्धान गरेका छन् ।

उनीहरुले सबैभन्दा पहिले एल्गोरिदममा ठूलो मात्रामा तथ्यांक राखे । त्यसका लागि हरेक दुई घण्टामा स्वयम्सेवकबाट दशौँहजार परीक्षण गरे । त्यस्तै खालको अनुसन्धान बाहिर पनि गरे । उनीहरुको एल्गोरिदमले प्राप्त तथ्यांकलाई क्याल्कुलेट गरेर सरकेडियन रिदमको सही जानकारी दिने जिनबारे थाहा पाएका हुन् ।

शरीरका ४१ प्रतिशत जिनले सरकेडियन रिदमको सही जानकारी दिने गरेको पाइएको ब्राउनले बताएकी छन् । अनुसन्धान कर्ताले हरेक जिनको समय र समग्र जिनको संयुक्त समय मिलाएर सरकेडियन रिदम बारे भन्न सकिने बताएका छन् ।

टाइम सिग्नेचर नाम दिइएको नयाँ एल्गोरिदमले व्यक्तिको आन्तरिक समयको सही जानकारी ९० मिनेट भित्र दिन सक्नेछ । शरीरको घडी र बाह्य घडीबिच तालमेल मिलाउने सबैभन्दा उत्तम उपाय भनेको समयको सुत्नु नै रहेको डाक्टरहरुले बताएका छन् ।

– क्युरिओसिटी डट कमको सहयोगमा

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?