उदासीमै खुल्छन् रचनात्मक बाटाहरु

उदास हुनु हाम्रा लागि किन महत्वपूर्ण?

उदास हुनु हाम्रा लागि किन महत्वपूर्ण?
+
-

उदासी निकै महत्वपूर्ण इमोसन अर्थात भावना हो । जब कुनै व्यक्ति उदास हुन्छ, त्यसपछि दिवास्वप्न देख्न थाल्छ र मष्तिस्कमा विविध विचारहरु खेल्छन् वा लक्ष्यबिहीन विचारहरु आउँछन् ।

रचनात्मक यात्राका लागि यो निकै महत्वपूर्ण प्रक्रिया हो । यसलाई व्यक्तिले दैनिक जीवनमा लागु गर्न सक्छन् ।

यदी कुनै समस्यामा अल्झिएको महसुस भएमा वा कुनै विषयमा साँच्चिकै चिन्तित भएको अवस्था छ र त्यसबाट निस्कने विकल्प तत्कालका लागि स्पष्ट नभएको अवस्था छ भने उदासीको अवस्थालाई रहन दिनुपर्छ । मष्तिस्कलाई विकल्पको खोजी गर्न केही समय दिनुपर्छ, त्यसका लागि उदास भएरै बस्नु पर्छ ।

यसले गर्दा व्यक्तिको मष्तिस्कमा विविधि विचलित विचारहरु आइरहन्छन् । यहि प्रक्रियामा समस्याबाट बाहिर निस्कने रचनात्मक उपाय वा समाधान निस्कने गर्छ ।

यदी हामी जीवनमा उदासीलाई साँच्चिकै गम्भीर रुपमा लिएका छौँ भने उदासीलाई छल्ने वा हटाउने भन्दा पनि त्यसलाई केही समय दिनु पर्छ । उदासीलाई छल्ने वा भाग्ने गर्नु हुँदैन । उदास भएमा हामीले मोबाइल फोन वा अरु डिभाइस चलाउने गर्छौँ ।

उदासीबाट ट्याकल गर्ने उत्तम उपाय भनेको त्यसलाई भगाउने भन्दा पनि चाहिने जति समय दिनु हो । यसका लागि मोबाइल फोनसहितका अरु डिभाइस त्यो बेला नचलाउने र आफ्नो अवस्थालाई त्यस्तै अवस्थामा छोडिदिने र दिमागलाई विचलित विविध विचारहरु आउन दिने गर्नुपर्छ ।

र यो निकै महत्वपूर्ण हुन्छ । यसले उदासीलाई प्रयोग गर्ने र आफै त्यसलाई व्यवस्थापन गर्ने तरिका सिक्न सकिन्छ ।

(साइकोलोजिस्ट डा. सान्डी म्यानको विचारमा आधारित ।)

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?