
काठमाडौँ – पूर्वराजा ज्ञानेन्द्र शाहले यसवर्ष सर्वसाधारणलाई विजयादशमीको टिका लगाउने भएका छन् ।
विजयादशमीका दिन दिउँसो ३ बजेदेखि निर्मल निवासमा सर्वसाधारणलाई टिका लगाउने कार्यक्रम तय गरिएको पूर्वराजाका स्वकीय सचिव फणिन्द्र पाठकले जानकारी दिए ।
उनले दिउँसो तीनबजेदेखि आएका सबै सर्वसाधारणलाई टिका लगाउने कार्यक्रम रहेको बताए। निजी भ्रमणका क्रममा विदेशमा रहेका पूर्वराजा शाह फूलपातीका दिन स्वदेश फर्कने पाठकले जानकारी दिए।
उनले अष्टमीका दिन पूर्वराजाले काठमाडौँका विभिन्न मन्दिरहरुमा पूजा गर्ने कार्यक्रम रहेको बताए। काठमाडौँका नक्साल भगवती, गुहेश्वरी, मैतिदेवी लगायतका मन्दिरमा पूर्वराजा शाहले पूजापाठ तथा दर्शन गर्ने कार्यक्रम रहेको पाठकले जानकारी दिए।