पत्रु खाना र मानव स्वास्थ्य

चाउचाउ खानु हुन्छ ? ख्याल गर्नुस् है, यो त मन्दविष जस्तै!

चाउचाउ खानु हुन्छ ? ख्याल गर्नुस् है, यो त मन्दविष जस्तै!
+
-

काठमाडौँ – धेरैजसो बालबालिकालाई उनीहरुका अभिभावकले जङ्कफुड अर्थात पत्रु खानेकुरा दिने प्रचलन पछिल्लो समय निकै फस्टाएको छ । छोराछोरी रोए भने या भनेको मानेनन् भने फकाउनका लागि पत्रु खाना दिने चलन अहिले गाउँदेखि शहरसम्मको समस्या हो ।

चाउचाउ, बिस्कुट, चकलेट दिएर छोराछोरी फकाउने बुवाआमालाई थाहा छ कि छैन ? दिइएको खानेकुरा कति अस्वस्थ्यकर र अखाद्य छन् भन्ने ।

पछिल्लो समय प्याकेटिङ खानेकुरा अत्याधिक रुपमा खाइने र खुवाइने गरिन्छ । प्याकेटिङ खाना स्वस्थ्यकर छैन भन्ने थाहा हुँदाहुँदै पनि धेरैले आफ्नो तथा छाराछोरीको स्वास्थ्य प्रति खेलबाड गरको जनस्वास्थ्यविद् डा. अरुणा उप्रेती बताउँछिन् ।

डा. उप्रेतीका अनुसार जन्मदिनमा काटिने केकमा पनि गुलियोको मात्रा बढी हुँदा स्वास्थ्यका दृष्टिले खराब हो । मानव स्वास्थ्यका लागि चिनी एकदमै ठूलो शत्रु हो । चिनीले स्वास्थ्यमा ठूलो समस्या पारेको छ । चिनीले मधुमेह जस्ता दीर्घकालीन समस्या निमत्याउने गर्छ। प्याकेटिङ खानाले बच्चाको मानसिक, शारीरिक, संवेगात्मक विकासमा रोक लागउनका साथै विभिन्न रोग पनि लगाउँछ ।

बच्चालाई मात्रै नभएर कसैलाई पनि जङ्कफुड खाना स्वास्थ्यका दृष्टिले राम्रो मानिँदैन । प्याकेटिङ खाना जस्तै चाउचाउ, बिस्कुट, चकलेट, बजारमा पाइने चिसो पेय पदार्थले मानव शरीरमा नकारात्मक असर गर्छ ।

डा. उप्रेतीका अनुसार चाउचाउमा हुने मैदा मानव स्वास्थ्यका लागि मन्दविष हो । जसले सुस्तसुस्त रुपमा शरीरलाई कमजोर बनाउँछ । त्यस्तै चाउचाउमा हुने तेल र मसलामा पनि हानिकारक हुन्छन् । यसमा अजिनामोटो हुन्छ जसले गर्दा हाडजोर्नी कमजोर हुनुको साथै कहिँकतै हलुकासँग लडे पनि छिट्टै भाँचिने संभावना रहन्छ ।

जङ्कफुडले विषेशगरी मस्तिष्क, मुटु, मिर्गौला खराब गर्नुको साथै शरीरका अन्य भागलाई पनि सुस्तसुस्त खराब गराउँछ र मुटु, मिर्गौलाका रोगले ग्रस्त बनाउँछ ।

तारेका वा भुटेर खाइने खानेकुरा मासु या अन्य खानेकुरा जस्तै सेलरोटी जस्ता बढी चिल्लोमा पकाइने खानेकुरा पनि स्वास्थ्यकर हुँदैनन् किनकी एकपटक पकाइसकेको तेलमा दोस्रोपटक बनाउनु विष हुन्छ । बरम्बार तेलको प्रयोगले क्यान्सर उत्पन्न गराउँछ ।

पछिल्लो समय बच्चाबच्चीमा कब्जियत र पाइल्सको समस्या देखिएको छ । कारण हो जङ्कफुड । स्कुल जाँदा खाजामा त्यहि प्याकेटिङ खाना र घरमा पनि त्यस्तै खानाका कारण पेट दुख्ने, हात खुट्टा कमजोर हुँदै जाने जस्ता समस्या बच्चामा देखिने गरेको छ ।

घरको बारीमा फलाउन सकिने सस्तो ,सजिलो र स्वास्थ्यका दृष्टिले पनि रेसादार तरकारी, दाल गेडागुडी खान छोडेर जङ्कफुड खाने र खुवाउने चलनले अस्वस्थ्यकर जीवनशैली र रोग निम्त्याउँछ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?