नीलकुरन्नी, निलो फूल

१२ वर्षमा एकपटक फूल्ने फूलले ढाकियो पहाड

१२ वर्षमा एकपटक फूल्ने फूलले ढाकियो पहाड
+
-

विश्वका दुर्लभ फूल मध्ये एक हो नीलकुरन्नी । नीलकुरन्नी फूल हरेक १२ वर्षमा एकपटक मात्रै फूल्छ त्यो पनि भारतको दक्षिण पश्चिमी राज्य केरलाको पहाडमा ।

यो वर्ष नीलकुरन्नी फूल फूलेको छ । केरलाको इरभिकुलमको पहाडमा फूल्छ नीलकुरन्नी । अहिले नीलकुरन्नीले इरभिकुलमको पहाडलाई हल्का निलो तथा बैजनी बनाएको छ ।

नीलकुरन्नीलाई छोटोमा कुरन्नी पनि भन्ने गरिएको छ । स्ट्रोब्लान्थिस जिनस अन्तर्गत पर्ने फूल हो नीलकुरन्नी । यो जिनसमा ३५० प्रजातिका फूल फूल्ने बिरुवाहरु छन् । यसका ५९ प्रजाति भारतमा पाइन्छन् ।

यो प्रजातिका फूलहरुको फूल्ने समय फरक हुन्छ । कुनै हरेक चार, कोही हरेक आठ, १०, १२ वा १६ वर्षमा एकपटक फूल्छन् । नीलकुरन्नी हरेक १२ वर्षमा फूल्ने गर्छ ।

यो वर्षको नीलकुरन्नी फूल्ने वर्ष हो र इरभिकुलमको पहाड गएको गएको अगस्टदेखि नै फूलको रंगसँगै बैजनी बनेको छ । स्थानीय भाषामा नीलकुरन्नीको अर्थ निलो फूल हो ।

नीलकुरन्नी एकपटक फूलेपछि मर्छ । फूल्दा ठूलो मात्रामा फूल्ने भएकाले यसका बिउहरु हात्ती,  चरासहितका प्रजातिले खाएर नसक्ने भएकाले फेरि उम्रिन्छ र १२ वर्षपछि उसैगरी फूल्छ ।

नीलकुरन्नी यसअघि सन् २००६ मा फूलेको थियो ।


तस्बिरहरु : केरला पर्यटन बोर्ड र विभिन्न ट्वीटर ह्याण्डलबाट

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?