
काठमाडौँ – मौसम परिवतनसँगै विभिन्न किसिमका संक्रमणले आक्रमण गर्ने गर्छ । संक्रमणका कारण शरीरमा दैनिक समस्या आउँछ । जसले गर्दा दैनिक कार्य संचालनमा समेत बाधा निम्त्याउँछ ।
सरुवा रोग विषेशज्ञ डा. शेरबहादुर पुनका अनुसार जाडोयामको यो मौसममा विषेशगरी हावाजन्य रोगहरुको बढ्दो संक्रमण रहन्छ । धेरैजसोलाई रुघाखोकीले सताउने गर्छ ।
नाक बन्द हुने, नाकबाट सिगान बगिरहने, घाँटी खसखसाउनु जस्ता समस्या जाडो सुरु हुने बितिकै देखिने लक्ष्ण हुन् ।मौसम परिवर्तनको समयमा रुघाखेकी, ज्वरो आउने , निमोनिया , टाईफाइड, इन्फ्लुएन्जा जस्ता संक्रामक रोग लाग्न सक्ने चिकित्सक बताउँछन् ।
पछिल्लो केहि दिन देखि रुघाखेकी, ज्वारोको बिरामी सरुवा रोग अस्पताल टेकुमा दिनहुँ आउने गरेको डा. पुन बताउँछन ।
डा. पुन भन्छन ‘यो समयमा ख्याल गरेनौँ भने स्वास्थ्यमा गम्भीर असर पर्छ । तसर्थ यस्तो बेलामा स्वास्थ्यलाई निकै ख्याल गर्नुपर्छ ।’
डा. पुनका अनुसार जाडो मौसम सुरु भएपछि ध्यान दिनु पर्ने कुरा यस्ता छन् ।
- पानी उमालेरै खाने चाहे मौसम गर्मी होस या जाडो
- तुलसी, बेसार, ज्वानो, मह र मनतातो पानी खानाले रुघाखोकीलाई कम गर्न सकिन्छ ।
- तातो सुप खाने, शरीर पुरै छोपिने न्यानो लुगा लगाउने
- बिहानीपखको घाममा केहिबेर बस्ने
- काम गर्न ठाँउमा कसैले खोक्दै या हाच्छुउ गर्दैछ भने आफु १ मिटरको दूरीमा बस्ने
- खाना या खाजा खाँदा साबुन पानीले राम्रोसँग हात धुने
- व्यक्तिगत स्वास्थ्यमा विषेश ध्यान दिने ।