लाहुर छिमेकी देशमा

तिहारको मुखमा परदेश लागेकाहरु

तिहारको मुखमा परदेश लागेकाहरु
+
-

धनगढी – दसैँको झण्डै दुई हप्ताअघिदेखि नै कैलाली कञ्चनपुरका सीमा नाकामा प्रफुल्ल अनुहार लिएर भारतमा रोजगारीका लागि गएका नेपालीहरुमा घर फर्किरहेका देखिन्थे ।

तर, दसैँ सकिएसँगै ती मुहार अलिक मलिन देखिन थालेका छन् । खुशी अनुहार लिएर आएकाहरु दसैँ मनाएर कामका लागि भारतका विभिन्न शहरमा जाने क्रममा छन् । कैलालीको त्रिनगर नाकामा भारतका जाने क्रममा भेटिएकाहरु निराश देखिन्थे । दसैँ त माने तर नजिकिँदै गरेको तिहार उनीहरुका लागि परदेशमै मनाउनु पर्ने बाध्यता बन्यो ।

दसैँ मनाउनका लागि केही दिनको छुट्टी लिएर घर आएकाहरु दसैँ सकिएसँगै कामका लागि भारत जान थालेका हुन् । फर्किनेका घुईँचो लाग्न थालेको छ सीमा नाकामा ।

सुदूरपश्चिम प्रदेशका अधिकांश रोजगारको सिलसिलामा भारतका विभिन्न शहरमा जाने गर्छन् । यस्तै केही पढाईका सिलसिलामा भारतमा बस्ने गरेका छन् ।

सीमा नाका त्रिनगरमा भेटिएका बाजुराको बुढीनन्दा गाउँपालिकाका शेरबहादुर शाहले दसैँ मनाएर कामका लागि बाध्यताका कारण भारत जान लागेको बताए । ‘दसैँ घर परिवारसँग खुशीका साथ मनाएँ । तिहार मनाउने रहर त किन थिएन र ?’ भारतको पुनामा होटलमा काम गर्दै आएका शाहले प्रश्न गरे, ‘घर परिवार पाल्नका लागि भारत जानैपर्छ । नगए के गर्नु ?’

उनीसँगै गाउँका ८ जना भारत कामका लागि गएका थिए भने सुदूरपश्चिम प्रदेशका जिल्लाका सयौँ मानिसहरु दसैँ सकेर कामका लागि भारत गइरहेका छन् । तिहारको मुखमा कामका लागि बाध्य भएर भारत गइरहेकाहरुले रोजगारीको व्यवस्था गरी स्वदेशमै काम गर्ने वातावरण मिलाईदिन सरकारसग आग्रह गरेका छन् ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?