खानपान र स्वास्थ्य

कसरी हुन्छ फुडपोइजन? के हो बँच्ने उपाय?

कसरी हुन्छ फुडपोइजन? के हो बँच्ने उपाय?
+
-

काठमाडौँ – खाना अपच भएर वा खाना विषाक्त भएर हुने झाडावान्तालाई डाक्टरी भाषामा फुडपोइजन भन्ने गरिन्छ। विशेषगरी चाडपर्वका बेला गरिने असन्तुलित खानपानका कारण धेरैलाई फुडपोइजन हुने चिकित्सकहरु बताउँछन्।

सिभिल अस्पतालका डा. रमेश पन्तका अनुसार चाडवाडको बेला सुरु भएसँगै फुडपोइजनका कारण बिरामी भएर अस्पताल आउनेको संख्यामा बृद्धि भएको छ।

‘विभिन्न किसिमका व्याक्टेरिया इकोली, सालमोनेलाजस्ता व्याक्टेरियल संक्रमणका कारणले पनि फुडपोइजन हुने गर्छ,’ पन्तले भने।

डा. पन्तका अनुसार हाम्रो वरपर आँखाले देख्न नसक्ने स–साना माइक्रो अर्गानिजम (किटाणु) हन्छन्। माटोमा फल्ने तरकारी, देख्दा सफा दिखिने फलफूल सबैमा किटाणु सक्छ। कतिपय किटाणु राम्रोसँग पखाल्दा र पकाउँदा नष्ट हुन्छ। तर, केही पकाएपनि नष्ट हुँदैनन्।

माछा, मासु अण्डा र दूग्द्य उत्पादनहरुमा व्याक्टेरियाको छिटै संक्रमण हुने हुँदा यस्ता खानेकुरामा खदा विशेष सावधानी उपनाउनु पर्ने उनले बताएका छन्।

कतिपय अवस्थामा हात नधोई खाना पकाउँदा या खाँदा पनि व्याक्टेरियाको संक्रमण हुन्छ। बासी, सडेको, दुषित पानी, रङ मिश्रित खाना, जङफुड क्यामिलयुक्त प्याकेटका खानाका कारण धेरैलाई फुडपोइजन हुने पन्तले बताए।

डा. पन्तले फुडपोइजन हुँदा देखिने समस्या निम्न रहेको जनाएका छन्ः

पेट दुख्ने

झाडापखाला लाग्ने

मन्दज्वरो आउने

थकित महसुस हुने

टाउको दुख्ने

वाकवाकी लाग्ने

भोक नलाग्ने

कमजोर महसुस हुने

डाक्टर पन्तले त्यसबाट बँच्ने उपाय पनि सुझाएका छन्। जुन निम्नानुसार छन्ः

बँच्ने उपाय

शुद्ध पानी पिउने

पानी उमालेर, फिल्टर गरेर पिउने, प्रशस्त पिउने

चाडपर्वको बेलामा पकाइएको माछा, मासु, चिल्लो रोटी लामो समयसम्म राखेर नखाने

धेरै खानेकुरा एकैपटक नखाने

पकाएको खानेकुरा छोपेर राख्ने

झिँगा भन्किएको खानेकुरा नखाने

खाना पकाउँदा, र खानुअघि साबुन पानीले हात धुने

फलफूल राम्रोसँग पखालेर खाने

प्याकेजिङ खाना, पेयपदार्थ, मैदायुक्त, केमिकलयुक्त नखाने

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?