मानसिक स्वास्थ्य

हृदयघातजस्तै लाग्ने ‘पेनिक अट्याक’ बारे जानौँ

हृदयघातजस्तै लाग्ने ‘पेनिक अट्याक’ बारे जानौँ
+
-

विशेष गरी चिन्ता अर्थात एन्जाइटी भएका व्यक्तिलाई पेनिक अट्याक हुने गर्दछ ।

कुनै पनि विशेष अवस्था वा खतरा बिना नै हुने असजिलो वा अप्ठ्यारोलाई पेनिक अट्याक भनिने र यो जुनसुकै बेला हुन सक्ने मनोविमर्शकर्ता विनोद पौडेलले बताए । पेनिक अट्याक भएका व्यक्तिले आफूलाई हृदयघात भएको ठान्ने गर्छन् ।

पेनिक अट्याक जीवन नै जाने खालको हुँदैन तर यस्तो समस्या भएका बेला व्यक्तिले आफ्नो सास नै जान लागेको जस्तो ठान्छन् । कतिपय अवस्थामा पेनिक अट्याक भएका व्यक्तिलाई तत्काल अस्पताल लगेर भर्ना गर्नु पर्ने अवस्थासम्म आएको देखिन्छ ।

पेनिक अट्याक १० देखि बढीमा ३० मिनेट भित्रमा आफै कम भएर जाने भएकाले यस्तो बेला आत्तिने भन्दा पनि परिवार र साथीभाइले साथ दिनु पर्ने मनोविमर्शकर्ता पौडेलले बताए ।

पेनिक अट्याक भएका बेला बिरामीलाई यो नै जीवनको अन्तिम समय हो जस्तो लागे पनि यसले मृत्यु नहुने र यो मनको भय मात्रै रहेको मानसिक रोग विशेषज्ञ डा. मोहन बेलबासेले बताए । पेनिक अट्याकका केही लक्षणहरु हृदयघातको जस्तै रहे पनि हृदयघात भने नहुने उनले बताए ।

पेनिक अट्याकका लक्षणहरु


छाती दुख्ने

मन आत्तिने

घाँटीमा सास अड्किए वा सास रोकिएको जस्तो हुने

छाती भारी हुने

टाउका झमझमाउने

चिटचिट पसिना आउने

हातगोडा चिसो हुने

नियन्त्रण गुमाएको जस्तो महशुस हुने

पेनिक अट्याक भएमा के गर्ने ?


लामो सास फेर्ने

हल्का पानी पिउने (पानी एकैपटक पिउने नभइ बिस्तारै पिउने)

बिरामीलाई खुला ठाउँमा राख्ने

पेनिक अट्याक भएका बिरामीले चिया, कफी तथा रक्सी खानु हुँदैन

आत्तिँदा झन गाह्रो हुने भएकाले बिरामीलाई सान्त्वना दिने

बिरामीलाई ढाडस वा भरोसा दिने

अशान्त नरहने वा डर लाग्दो अवस्थाबाट अट्याक भएका व्यक्तिलाई पर राख्ने

बारम्बार पेनिक अट्याक भएमा मानसिक रोग विशेषज्ञलाई देखाउने

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?