बागेश्वरीमा छठको रौनक

अस्ताउँदो सूर्यलाई अर्घ्य दिन ब्रतालुको घुइँचो (फोटो फिचर)

अस्ताउँदो सूर्यलाई अर्घ्य दिन ब्रतालुको घुइँचो (फोटो फिचर)
+
-

नेपालगञ्ज– नेपालगञ्जको बागेश्वरी मन्दिरमा पनि धुमधामका साथ छठ पूजा गरिएको छ। दुलहीझैँ सजाइएको मन्दिर परिसरमा रहेको पोखरीको घाटमा बसेर अस्ताउँदो सूर्यलाई अर्घ्य दिइएको छ।

पूर्वी तराई धुमधामका साथ मनाइने छठ पर्व पश्चिम तराईका जिल्लामा पनि व्यापक हुँदै गएको छ। बागेश्वरी मन्दिरमा पुगेका ठूलो संख्याले पोखरीमा पसेर अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका हुन्।

खरना पूजा गरेपछि ब्रत बसेका ब्रतालुले विभिन्न परिकार बोकेर पूजा गरेका छन्। भोलि बिहान उदाउँदो सूर्यको पूजा गरेपछि ब्रत सकिन्छ।

छठलाई व्यवस्थित गर्न यहाँ छठ समिति गठन गरिएको छ। १५ सदस्यीय छठ समितिले घाटको सरसफाईदेखि बिजुली सजावट र भारतको कानपुर र इलाहवादबाट कलाकार ल्याएर भजनकीर्तन गराएको छ।

समिति सदस्य सञ्जय श्रीवास्तवले बागेश्वरी मन्दिरमा २५ वर्षदेखि छठको पूजा भइरहेको बताए। उनले पछिल्लो १० वर्षयता पूजा गर्नेको संख्या बढेको छ।

‘पहिला २–४ जनाले पूजा गर्थे, अहिले धेरै भएका छन्,’ श्रीवास्तवले भने, ‘छठको महत्व बढ्दै गएको छ।’ कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाउने यो पर्वमा सूर्यदेवको आराधना, उपसना र पूजा गरिन्छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?