देशैभर छठ पर्वको उल्लास

अस्ताउँदो सूर्यलाई अर्घ्य दिन कमलपोखरी पुगिन् राष्ट्रपति (फोटो फिचर)

अस्ताउँदो सूर्यलाई अर्घ्य दिन कमलपोखरी पुगिन् राष्ट्रपति (फोटो फिचर)
+
-

काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले छठ पर्वका अवसरमा काठमाडौँको कमलपोखरी पुगेर अस्ताउँदो सूर्यलाई अर्घ्य दिएकी छिन्। साथै भण्डारीले पूजाआजा पनि गरेकी छिन्।

राष्ट्रपति भण्डारी मंगलबार अपराह्न ४ बजे कमलपोखरी पुगेकी थिइन्। कमलपोखरी छठ पूजा समितिले आयोजना गरेको छठ पर्व विशेष कार्यक्रममा उनी सहभागी भएकी हुन्। छठ पर्वका लागि कमलपोखरी विशेष रुपमा सिँगारिएको छ।

आयोजक समितिका संयोजक राजेन्द्र सिंहले आठ वर्षदेखि छठ घाट निर्माण गरेर विशेष पूजा थालिएको जानकारी दिँदै यस पटक पूजाका लागि २ सय ६० स्टल बुकिङ भएको जानकारी दिएका छन्।

यसैगरी, उपराष्ट्रपति नन्दबहादुर पुनले पनि साँझ ५ बजे कमलपोखरी पुगेर सूर्यलाई अर्घ्य दिएका छन्। उनले पूजाआजा पनि गरेका छन्।

छठ पर्वको तेस्रो दिन मंगलबार सूर्यको आराधना, उपासना र पूजा गरिन्छ। पहिलो दिन नुहाएर चोखो भई खाने, दोस्रो दिन खरना, तेस्रो दिन अस्ताउँदो र चौथो दिन उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि विधिवत्रुपमा सम्पन्न हुन्छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?