
नोभेम्बर फोक्सोको क्यान्सरको बारेमा जनचेतना फैलाउने महिना हो। यो समयमा फोक्सोमा लाग्ने रोगहरु र यसबाट आफूलाई कसरी जोगाउन सकिन्छ भन्ने थाहा पाउनु ठूलो कुरा हो। विश्वभरी नै फोक्सोको क्यान्सर महिला र पुरुषको मृत्युको मुख्य कारण बनेको छ। तर थोरै सावधानी अपनायौँ भने हामी फोक्सो सम्बन्धि रोगबाट बच्न सक्छौँ।
यहाँ फोक्सोलाई स्वस्थ्य राख्ने ५ उपायहरुको बारेमा चर्चा गरिएको छ।
१. धुम्रपान त्याग्नुहोस्
हामी सबैलाई थाहा छ, धुम्रपान र फोक्सोको क्यान्सर एक अर्कासँग सम्बन्धित छ, तर हामी समयमा नै धुम्रपान त्याग्नुको महत्व बुझ्दैनौँ। धुम्रपान फोक्सोको लागि मात्र नराम्रो होइन, यसले मानिसको सम्पूर्ण श्वासप्रश्वास प्रणालीलाई नै प्रभाव पारेको हुन्छ। चुरोटमा निकोटिन धेरै हुन्छ र यो सेवन गर्दा शरीरमा निकोटिन बस्छ। यसले फोक्सोलाई कमजोर र वृद्ध बनाउँछ। यस्तो अवस्थामा फोक्सोलाई सास फेर्नलाई गारो हुन्छ र सामान्य फोक्सो परिवर्तन हुँदै जान्छ।
२. व्यायाम
केही शारीरिक अभ्यासले पनि हाम्रो फोक्सोलाई सहि आकारमा राख्न मद्दत गर्छ। तपाईले छिटो छिटो स्वास फेर्ने अथवा विस्तारै स्वास फेर्नाले तपाईको फोक्सोलाई सहज बनाउँछन्।
३. प्रदूषणभन्दा टाढा बस्ने
प्रदूषणमा बाहिर निस्कनुले हाम्रो फोक्सोलाई प्रभाव पार्छ। एकदमै धेरै सवारी साधन भएको ठाउँमा र धुम्रपान गरिरहेका व्यक्तिको साथबाट सकेसम्म धेरै टाढा बस्नुपर्छ।
प
४. पानी पिउने
खेतमा लगाइएको बालिलाई पानी चाहिएजस्तै हो शरीरमा पानी। हाम्रो फोक्सो स्वस्थ हुनलाई पनि पानी चाहिन्छ। हाम्रो फोक्सोले सही तरिकाले काम गर्नको लागि पर्याप्त पानी पिउन आवश्यक छ।
५. धेरै हाँस्नुस्
हाँस्नाले हाम्रो पेटको मांशपेशीको अभ्यास हुन्छ र यसले हाम्रो फोक्सोको क्षमतालाई बढाउँछ। हाँसोले हाम्रो फोक्सोलाई स्वच्छ हावा लिनको लागि मद्दत गर्छ।