
काठमाडौँ – पूर्व युवराज्ञी हिमानी शाहले ललितपुरको सानेपा स्थित बागमती नदी किनारमा सर्वसाधारणसँगै सामूहिक पूजाअर्चना गरेकी छन् ।
ज्ञानमाला भजन खलले आयोजना गरेको आर्यतारा व्रतको विशेष अवसरमा पूर्व यज्ञराज्ञी शाह पूजामा सहभागी भएकी हुन् ।
पूजामा काठमाडौँ उपत्यकाका ६ सय ५० भन्दा बढी बौद्ध धर्मालम्बीहरु सहभागी भएका थिए ।
पूजामा सहभागी हुनेहरुले हरियो पहिरन लगाउनुपर्ने भएका कारण हिमानी पनि हरियो परिहनमा सजिएकी थिइन् । त्यहाँ पूजा सामाग्री पनि हरियो नै रहने परम्परा छ ।
यो व्रत र पूजा गर्नाले मानव जीवन विभिन्न भयहरु बाट मुक्त हुने र परिवारमा सुख शान्ति कायम रहने विश्वास रहेको छ ।