खुशी र स्वस्थ जीवनको मन्त्र

तनाव ! तनाव !! तनाव !!!, कसरी व्यवस्थापन गर्ने?

तनाव ! तनाव !! तनाव !!!, कसरी व्यवस्थापन गर्ने?
+
-

तनाव, अहिलेको भागदौडको दैनिकीमा प्रायः सबैलाई हुने गरेको छ । यो पछिल्लो समय मानव स्वास्थ्यका लागि गम्भीर चुनौतीको रुपमा अघि आएको छ ।

तनावकै कारण मानोसामाजिकदेखि शारीरिकसम्मका स्वास्थ्य समस्या देखिने गरेका छन् । यहि कारण काममा मन लाग्दैन, सम्बन्धहरुमा ठाकठुक पर्न थाल्छ, सपनाहरु पूरा हुँदैनन् ।

तनावमा तनाव लिएर बस्नु भन्दा यसलाई व्यवस्थापन गर्न सकेमा अधिकांश समस्या समाधान भएर जाने मनोविमर्शकर्ताहरुले बताएका छन् ।

तनाव व्यवस्थापन गर्न नसक्नेहरुमा टाउको दुख्ने, पेट दुख्ने, निन्द्रामा समस्या आउने वा सुत्न समस्या हुने, आलस्य हुने, विभिन्न रोगको संक्रमण बढ्ने, डिप्रेशनको समस्या देखिने हुन्छ ।

तर परिवार, अन्तरसम्बन्ध, कार्यस्थल तथा अरु क्षेत्रमा हुने तनाव व्यवस्थापन गर्न सकिन्छ वा त्यसको असर आफूमा कम भन्दा कम पर्ने अवस्था बनाउन सकिन्छ ।

त्यसका लागि आफ्ना भावनाहरु व्यक्त गर्ने (मनका कुरा लेख्ने वा चित्र बनाउने आदी), मेडिटेसन गर्ने, व्यायाम गर्ने, आफूलाई सहज हुने व्यक्तिसँग कुरा गर्ने, वा आफ्नो रुचिकर विषयमा व्यस्त रहने गर्न सकिन्छ ।

तनावका बारेमा हाम्रोमा कुरा गर्ने बानी छैन । तर जति यसबारे कुरा गर्‍यो त्यति नै यसलाई जित्न सकिने र तनावबाट मुक्त हुने उपाय पनि थाहा लाग्दै जाने मनोविमर्शकर्ताहरुले बताएका छन् ।

तनावका बारेमा जानियो भने त्यसलाई व्यवस्थापन गर्न सकिने र खुशी, स्वस्थ र सहज जीवन बाँच्न सकिने उनीहरुले बताएका छन् ।

तनावलाई बुझ्न र व्यवस्थापन गर्नका लागि,


सक्दो सकारात्मक सोच राख्ने प्रयास गर्ने,

केही चिज वा घटनाहरु आफ्नो नियन्त्रणमा नरहेको कुरा स्वीकार गर्ने,

आक्रोशको साटो आत्मविश्वास बढाउने प्रयास गर्ने,

आफ्नो भावना, विचार तथा मान्यताहरु जाहेर गर्ने,

कुनै घटना वा अवस्थाबाट भाग्ने, डराउने वा निष्क्रिय बस्ने बानी कम गर्ने,

नियमित व्यायाम गर्ने,

मेडिटेशन, व्यायामसहितका रिल्याक्ससेसन टेक्निक्सहरु जान्ने,

सन्तुलित खाना खाने,

समय व्यवस्थापनबारे सजग रहने,

आफ्नो सीमा तय गर्ने र गर्न नसक्ने वा बढी तनाव दिने कामका लागि ‘नो’ भन्ने बानीको विकास गर्ने,

आफूलाई मन पर्ने कुरालाई हबीको रुपमा विकास गर्ने,

पर्याप्त आराम गर्ने र सुत्ने समय व्यवस्थापन गर्ने,

तनाव कम गर्नका लागि रक्सी, ड्रग्स वा बाध्यकारी बन्दै गएका बानीहरु छोड्ने,

आवश्यक परेको अवस्थामा समाजिक सहयोगको खोजी गर्ने,

आफूलाई मन पर्ने साथीभाइ तथा प्रियजनसँग समय बिताउने,

आवश्यक परेमा मनोविमर्शकर्ता, मानसिक स्वास्थ्य कार्यकर्ता वा तनाव व्यवस्थापन गर्न सिकाउनेहरुसँग सम्पर्क गर्ने गर्नु पर्छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?