उस्तै व्यथाका अनेक पात्रहरु

घृणाको डरले लुक्छ एचआइभी

घृणाको डरले लुक्छ एचआइभी
+
-

घटना एक,

१० वर्ष अगाडि मकवानपुरका रमेश (नाम परिवर्तन) एउटा सामाजिक संस्थाको सदस्य थिए । त्यो संस्थाले एचआइभी भएका मानिसहरुलाई सहजीकरण गर्ने काम गथ्र्यो । गाउँ गाउँमा एचआइभी कुन कारणले सर्छ, कुन कारणले सर्दैन भन्नेर सन्देश दिँदै हिँड्ने रमेशलाई १६ दिन अगाडिमात्र एचआईभी भएको पत्ता लागेको छ ।

गएको ९ वर्षदेखि रमेशको वैदेशिक रोजगारीमा आउने जाने भइरहेको थियो । दुई वर्ष अगाडि आएपछि फेरि गएका थिएनन् । साउदी, दुवै, कतार तीनवटै देश उनको रोजगारीका गन्तव्य हुन् । त्यहाँ छ, ६ महिनामा स्वास्थ्य जाँच गर्दा एचआइभीको पनि परीक्षण हुन्थ्यो । त्यतिबेला नदेखिएको एचआइभी अहिले देखिएको छ ।

‘तीन महिना अगाडि पत्ता लागेको हो, म वैदेशिक रोजगारीको लागि फेरि जान लागेको थिएँ, स्वास्थ्य परिक्षण गर्दा यहाँ पठाएँ।’ रमेशले भने । ‘छाँगाबाट खसेजस्तै भए ।’

पेशाले ड्राइभर हुन् रमेश । दिनमा झण्डै १८ घण्टा गाडिको स्टेरिङ्गमा हात हुन्छ । अहिले पनि उनले काम गर्दैछन् । रमेश ४० वर्षका भए ।
उनले पढाई एसएलसीसम्म पूरा गरेनन् । त्यसपछि उनी काठमाडौँ आए । गाडी चलाउन थाले । यहि क्रममा उनी वैदेशिक रोजगारीमा गए र अहिले नेपालमा नै काम गरिरहेका छन् ।

वैदेशिक रोजगारीमा जानु अगाडि उनको विवाह भइसकेको थियो । एक छोरा र एक छोरी छन् । उनका बाबा आमा पनि सँगै छन् ।

रमेशले कतार एयरवेजको जागीरको लागि अप्लाई गरेका थिए । भिजा आयो । कन्फिमेशनको लागि बागबजारको एउटा मेडिकलमा स्वास्थ्य जाँच गरे । तीन दिनपछि उनलाई फोन आयो, ‘तपाईँ टेकुको एआरटी सेन्टरमा जानुहोस् ।’

रमेशलाई यसको बारेमा थाहा थिएन । उनले सोधेँ ‘किन ?’

मेडिकलले बुझाइदिएपछि उनलाई अचम्म लाग्यो । ‘त्यतिबेला म भैरहवामा थिएँ, त्यतै जाँच गर्दा पोजेटिभ देखियो ।’

उनलाई जमिन भासिएको जस्तो भयो, जीवनको अन्तिम अवस्थामा आइपुगेको जस्तो लाग्यो । उनी उच्च रक्तचापको औषधि खान्थे, अल्सरको औषधि पनि खाइरहेका थिए । उनले त्यो सबै औषधि फालिदिए ।

थाहा पाउने बित्तिकै बुबालाई भनेका थिए । बुबा कुरा बुझ्ने केही भनेनन् । अरुलाई नभन भनेका छन् । आफूलाई एचआइभी पोजेटिभ भएको थाहा पाएपछि उनले आफ्नो यौन सम्बन्ध रहेको साथीलाई पनि जाँच गराए । उनलाई पनि एचआइभी पोजिटिभ देखियो । रमेशले आफूबाट तीनजनालाई सरेको बताए ।

उनले आफ्नो श्रीमतिलाई भने यो कुरा भन्न सकेका छैनन् । उनलाई श्रीमतीले घृणा गर्लिन्, समाजले घृणा गर्लान् भन्ने छ । सोचेका छन्, पछिका लागि तर मानिसले एचआइभीलाई संकुचित रुपमा लिन्छन् । घृणाको दृष्टिले हेर्लान् भन्ने डर छ ।

घटना दुई,

२० वर्षकी युवती, उनलाई रक्त अल्पत्ता सम्बन्धी रोग छ । ६ देखि ८ महिनाको अन्तरमा रगत राख्नुपर्ने । उनको फियो सुन्निने समस्या पनि थियो । त्यसैको उपचारमा जाँदा उनलाई एचआइभी देखियो । जिल्ला बाहिरबाट आएका उनीहरुका आमा छोरी रोइरहेका थिए ।

तीन महिना अगाडि देखाउँदा पनि ठीक थियो । युवती यौन कार्यमा सक्रिय भएकी थिइनन् वा सेक्सुअल्ली इनएक्टिभ थिइन् । डाक्टरले उनलाई राखिएको रगतबाट एचआइभीको संक्रमण भएको हुनसक्ने बताए ।

घटना तीन,

७ वर्ष अगाडि ३० वर्षकी रमिता (नाम परिवर्तन) लाई सन्चो भएन । सामान्य रुघा लागेको, ज्वरो आएको पनि निको नहुने समस्या भइरह्यो । त्यहि बेला उनको गाउँमा स्वास्थ्य शिविर आयो, उनले जचाइन् । उनलाई एचआइभी संक्रमण देखियो । उनले श्रीमानको पनि स्वास्थ्य परिक्षण गराइन् । उनलाई पनि एचआइभी देखियो ।

जेठो छोरा दुई वर्षको हुँदा उनको श्रीमान बरालिए थिए । ‘आफ्नो घर बेचेर बाहिर बाहिर हिँडे, भारततिर पनि गएका थिए ।’ उनले भनिन्, ‘दुई वर्षपछि आउँदा हामी सँगै बस्यौँ ।’

त्यसपछि उनले दोस्रो सन्तान छोरा नै जन्माइन्, तेस्रो पटक गर्भवति हुँदा पनि छोरा नै भएको थाहा पाएपछि उनले गर्भपतन गराइन् । तर बिडम्बना उनको दोस्रो छोरा ३ वर्षको हुँदा बिते । जेठो छोरालाई एचआइभी छैन ।

उनको माइतीमा उनलाई एचआइभी भएको थाहा छ । छोरालाई पनि थाहा छ । छोरा गारो हुने काम नगर्नुस् भन्छन् । जागिर गर्छन् र बाबुआमालाई पाल्छन् ।

विश्वमा पहिलो पटक सन् १९८१ मा एचआइभी संक्रमितको पहिचान भएको थियो । नेपालमा भने सन् १९८८ मा पहिलो पटक एचआइभी पहिचान भएको थियो । हरेक वर्ष डिसेम्बर १ मा विश्वका विभिन्न देश अनि नेपालमा पनि एचआइभी एड्स दिवस मनाइन्छ ।

नेपाल सरकारले गरेको अनुसन्धानले २०१७ सम्म नेपालमा झण्डै ३१,०२० संक्रमित भएको तथ्य निकालेको छ । तर संक्रमित सबै उपचारका लागि आएका छैनन् । उपचारका लािग आएकालाई एआरटी नामक औषधि दिइने शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा. अनुप बास्तोलाले बताए ।

एआरटी एन्टी रेक्ट्रो भाइरल थेरापी हो, जसले औषधि प्रयोग गरेको ३ देखि ६ महिनामा एचआइभीको किटाणुलाई कम सक्रिय र संख्या पनि न्यून बनाउँछ। औषधि निःशूल्क छ ।

डा. बास्तोलाका अनुसार एआरटी प्रयोग गरिएको ३ देखि ६ महिनापछि एचआइभी संक्रमण भएका मानिसबाट सर्ने सम्भावना पनि न्यून हुन्छ । तर औषधिलाई नियमित खाएन भने फेरि पहिलाकै अवस्थामा किटाणु सक्रिय हुने बास्तोलाले बताए । सन् २००४ बाट नेपालमा प्रयोग हुन थालेको एआरटी विश्वमा भने १९८७ मा आविष्कार भएको हो । डा. बास्तोला ए आरटी प्रयोगमा तीन ‘स’ हुनुपर्ने बताउँछन् ।

सधैँ खाने

सहि मात्रामा

सहि समय

नेपालका एचआइभी संक्रमितहरुमा १६ हजार ४ सय २८ जना एआरटी थेरापिमा छन् ।

नेपाल सरकारको अनुसन्धानको तथ्यांकले दिनहुँ दुईजना नयाँ मानिस एचआइभी संक्रमित हुने देखाएको छ । वार्षिक ८ सय ३५ जना एचआइभी कै कारणले ज्यान गुमाउँछन् ।

नेपाल सरकारको यो वर्षको नारा छ, रगतको जाँच गराउँनुस्, आफ्नो अवस्था थाहा पाउनुस् । नेपाल सरकारको सन् २०१८ को महामन्त्र ९०,९०,९० रहेको छ ।

सन् २०३० सम्म प्राप्त गर्ने दीगो विकासको लक्ष्यको बाधक तत्वमा एचआइभी पनि हो । एचआइभीलाई शून्य बनाउन सरकार प्रयासरत छ । नेपाल सरकारले सन् २०२० सम्ममा एचआइभी संक्रमित जम्मा संख्यामा ९० प्रतिशतको पहिचान गर्ने,९० प्रतिशतलाई एआरटी थेरापीमा राख्ने, ९० प्रतिशत भाइरसलाई निश्क्रिय पार्ने लक्ष्य राखेको छ ।

सर्ने कारण

संक्रमितसँग यौन सम्पर्क राख्दा

सुई साटासाट गर्दा

संक्रमित तर उपचार नगरिएकी गर्भवति आमाबाट जन्मिएका बच्चामा १५ देखि ४५ प्रतिशतलाई एच आइभिको खतरा हुन्छ,

एचआइभी पहिचानको समय झ्याली समयमा संकलन गरिएका रगत तथ रगतजन्य पदार्थ अरुले प्रयोग गरेमा,

हेल्थ केयर प्रोभाइडरहरुले काम गर्दा चोट पटक लागेमा

कसरी सर्दैन?

संक्रमितले प्रतिज्ञा गर्नुपर्छ अरुलाई सार्दिन भनेर,

कण्डमको सहि प्रयोग गर्नुपर्छ

संक्रमित गर्भवतिले ए आर टि सुरु गर्ने

हेल्थ केयर प्रोभाइडरले काम गर्दा, पेटको, ढाडको पानी निकालिसकेपछि ७२ घण्टा भित्र

पोस्ट एक्पोजर प्रोफाइल एक्सेसको औषधि खानुपर्छ। यो औषधि २८ दिन खाँदा एचआइभी संक्रमण जोखिमबाट बच्न सकिन्छ।

सिरिन्ज साटासाट नगर्ने

सँगै खाना खाने, कपडा साट्दैमा सर्दैन ।

एचआइभी क्रोनिक रोग हो, यसलाई नियन्त्रणमा राख्न सकिन्छ । नियमित औषधि सेवन गर्नाले संक्रमितलाई अवसरवादी रोग लाग्ने जोखिम हुन्न । जीवन समान्य मानिस बराबर हुन्छ ।

एचआइभी संक्रमितलाई बढि लाग्ने रोगहरु

ढुसीको इनफेक्सन,

मेनेन्जाइटिस,

क्षयरोग,

निमोनिया,

टाउकोमा दाग, पीप जमेको अवस्था

एचआइभीले मानिसको शरीरको रोग प्रतिरोधात्कम क्षमतालाई कमजोर बनाउँछ । संक्रमण भएको तीन हप्तामा भाइरल फिभर देखिने हुन्छ । तर धेरैलाई १० औँ वर्षसम्म कुनै समस्या हुँदैन । अनि पछि अर्कै कामको लागि रगत परिक्षण गर्दा एचआइभी भएको पत्ता लाग्छ ।

डा. बास्तोलाका अनुसार अहिले वैदेशिक रोजगारीमा जाँदा, रगत दान गर्दा, शरीरको अरु भागको उपचारका क्रममा यस्ता बिरामीको पहिचान भइरहेको छ । र संक्रमितहरु समाजले गर्ने घृणाको डरले आफूलाई संक्रमण भएको कुरा लुकाउँछन् ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?