ओशोको जन्मजयन्ती मनाउँदै संसारभरका करोडौं सन्यासी

ह्याप्पी बर्थडे ओशो!

ह्याप्पी बर्थडे ओशो!
+
-

काठमाडौँ– सन् १९३१ डिसेम्बर ११ को दिन। मध्यप्रदेशको भोपाल जिल्लास्थित कुचवाडा ग्राममा एक शिशुले जन्म लिए। जसको नाम चन्द्रमोहन जैन राखियो।

तिनै चन्द्रमोहन अहिले विश्वका लाखौँ नागरिकका आदर्श गुरु बनेका छन्। पथप्रदर्शक बनेका छन्। र, उनी अहिले संसारभर ओशोका नामले प्रसिद्ध छन्।

तेजश्वी बालक चन्द्रमोहनको बाल्यावस्था निकै रोचक थियो। सानैदेखि पृथक व्यवहार, तीक्ष्ण अध्ययन क्षमता र धाराप्रवाह वाकशक्ति र तार्किक क्षमता पनि उस्तै भएका उनको जीवन निकै संघर्षपूर्ण रह्यो। हुन त ओशोको जीवन रहस्यमयी रह्यो। र ओशोको निधनका विषयमा पनि त्यतिकै धेरै रहश्यहरु जोडिएका छन्।

मंगलबार ओशोको जन्मजयन्ती हो। यद्यपि ओशोको निधन भएको २८ वर्ष भइसक्दा पनि विश्वभरि नै चर्चा र चासोसँगै उनको विषयमा शोधहरु पनि भइरहेको छ।

ओशोलार्इ बाल्यवस्थादेखि नै दार्शनिक बन्ने रुचि रहेको उनले आफ्ना पुस्तकहरुमा उल्लेख गरेका छन्। ‘ग्लिप्सेन्स अफ माई गोल्डेन चाइल्डहुड’मा ओशोले आफ्नो बाल्यावस्थाको वृतान्त प्रस्तुत गरेका छन्।

दर्शनशास्त्रका ज्ञाता ओशोले जवलपुर विश्वविद्यालयमा अध्ययन गरे। त्यसपछि ओशोले त्यही विश्वविद्यालयमा प्राध्यापक भएर काम गरे।

प्राध्यापनकै शिलशिलामा उनले अलग–अलग धर्म र विचारमाथि अध्ययन गर्न थाले। साथै जागिर छाडेर गम्भीर अध्ययनमा लागे। अध्ययन मात्रै होइन, ओशोले आफ्ना धारणा पनि प्रवचनमार्फत प्रस्तुत गर्न थाले।

सन् १९८१ देखि १९८५ सम्म अमेरिका पुगेर आफ्नै आश्रम विस्तार गरेका ओशोले त्यहाँ विवाद झेल्नुपर्‍यो। विवादास्पद बनाइएपछि उनलाई जेल पनि हालियो। त्यसै कारण उनी भारत फर्कन बाध्य भए।

भारतमा पनि तत्कालीन सरकारले उनीमाथि ज्यादति गर्न छाडेन। तर, भारतमै बस्ने अडानमा उनी कायम रहे। र, कोरेगाउँ पार्कमा रहेको आफ्नै आश्रममा बसे। बाँकी दिनहरु त्यही बिताए। ओशोको निधन सन् १९९० जनवरी १९ तारिख दिन भयो।

ओशोको मृत्युको कारण अमेरिकी सरकारले खुवाएको थेलियम नामको विषाक्त पदार्थबाट भएको पनि जानकारहरु बताउँछन्। यद्यपि, उनको मृत्यु भएको पुष्टि गर्ने डाक्टर गोकुल गोकाणीले पनि उनको मृत्युको बारेमा केही खुलासा गरेका छैनन्।

ओशोको मृत्युपश्चात आश्रमको रेखदेख ओशोका प्रिय शिष्य योगेश ठक्करले गर्दै आएका छन्। ओशोको करोडौंको सम्पत्ति ओशो वर्ल्डमार्फत ट्रस्टमा रुपान्तरण गरिएको छ।

संसार छाड्दै गर्दा…

जन्मजस्तै मृत्युलाई पनि उत्सवकै रुपमा मनाउन आह्वान गर्ने ओशोको निधन सन् १९९० को जनवरी १९ तारिखका दिन भएको हो। ओशोको आश्रममा सन्यासीको निधनलाई उत्सवकै रुपमा मनाउने प्रचलन थियो।

ओशोको मृत्युका बारेमा ‘हु किल्ड ओशो’ नामक पुस्तकमा अभय वैद्यले ‘ओशोले आत्महत्या गर्दै छन्, उनलाई बँचाउनुहोस् भन्दै एक शिष्यले डा. गोकुल गोकणीलाई फोन गरेको’ दावी गरिएको छ।

त्यसपछि केही समय आश्रम सन्नाटा छाएको र त्यसपछि ओशोलाई हृदयाघात भएको दावी पुस्तकमा गरिएको छ। ओशोको मृत्यु संस्कार एक घण्टाभित्रै भएको थियो।

ओशोकी आमा पनि उनकै आश्रममा बस्थिन्। ‘आचार्य भगवान ओशो’ पदवी पाएका ओशोको मृत्युपश्चात उनकी आमाले पनि आफ्नो छोराको हत्या भएको बताइरहिन्।

ओशोको समाधीस्थलमा लेखिएको छ, ‘न कहिले जन्मिए, न कहिले मरे, उनी धर्तीमा ११ डिसेम्बर सन् १९३१ र १९ जनवरी १९९० मा आएका थिए।’

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?