तस्बिर खिच्ने क्रममा फोटो पत्रकार पक्राउ

प्रहरीले तस्बिर खिचेकै निहुँमा मलाई हातपात गर्‍यो, क्यामरा खोस्यो र नियन्त्रणमा लियो

प्रहरीले तस्बिर खिचेकै निहुँमा मलाई हातपात गर्‍यो, क्यामरा खोस्यो र नियन्त्रणमा लियो
+
-

दैनिकी प्रायः उस्तै हुन्छ, बिहीबार पनि क्यामरा साथमा बोकेर निस्केकी थिएँ। सहकर्मी सुजाता खत्रीसँग बागबजारको एउटा कार्यक्रममा सहभागी हुन पुगेकी थिएँ। त्यहाँ केही तस्बिर खिचेँ। त्यहि क्रममा जानकारी आयो कि, एक रुपैयाँ अभियानले राष्ट्रपति विद्यादेवी भण्डारीलाई आफूहरुले बनाएको गाडी बुझाउँदै छन्। उनीहरुले राष्ट्रपतिले महंगो गाडी चढ्ने तयारी गरेको विरोधमा प्रतिकात्मक रुपमा बनाएको खेलौना गाडी बुझाउन लागेका थिए। अफिसमा जानकारी गराएर राष्ट्रपति कार्यालयतिर लागेँ- फोटो खिच्न।

म त्यहाँ पुग्दा कोही देखिन । अरु फोटो पत्रकार साथीहरु पनि आउने कुरा थियो, म राष्ट्रपति कार्यालय अगाडिकै चिया पसलमा पसेँ, चिया खाँदै पर्खिएँ। केही समयपछि राष्ट्रपतिलाई गाडी बुझाउनेहरु आए। चारजना युवाले रिमोटबाट चल्ने खेलौना गाडी र एउटा पत्र बुझाउन आएको भन्दै कुरा गर्दै थिए। मैले फोटो खिच्न थालेँ। त्यहीक्रममा प्रहरी आइपुग्यो। मैले फोटो खिचिरहेँ। राष्ट्रपति कार्यलयको फोटो खिच्न हुँदैन भनेर भनेको जस्तो लाग्दैन। किनकी त्यहाँ मैले पहिलोपटक फोटो खिचेको होइन।

कार्यालय बन्द रहेको र सबै कर्मचारी निस्किसकेको जानकारी सुरक्षाकर्मीले दिएपछि ती युवाहरु आफ्नो बाटो लागे र म पनि आफ्नो बाटो लागेँ। म सीधै अफिस जाने निधोसँगै रत्नपार्कको गाडी चढ्नका लागि राष्ट्रपति कार्यालयतिर मोडिएँ, किनकी रत्नपार्क जाने गाडी धेरै त्यहिँ आउँछ।

त्यसबीच मैले क्यामरा आफ्नो ब्यागमा राख्दै थिएँ। केही प्रहरी मेरो सामु आए। ‘एक छिन पर्खनु, खै क्यामरा हेरौँ ?’ भने। मैले मेरो ब्याग बोकेर उनीहरुलाई नदिने बताएँ।

यसपछि एक प्रहरीले ‘तपाईँ कहाँबाट?’ भने, मैले जवाफ दिएँ ‘मिडियाबाट हो।’ अनि एम पौडेल नेमप्लेट भएकी प्रहरीले चर्को स्वरमा भनिन्, ‘यो त्यही हो, अघि हामीलाई नसोधी फोटो खिचेकी थिइ।’

योबीचमा अरु पनि जम्मा भएका थिए। प्रहरीले उनीहरुलाई धपाइरहेका थिए। मैले म कार्यरत देश सञ्चारका सम्पादक युवराज घिमिरेलाई सम्पर्क गर्न खोज्दा सादा पोसाकमा रहेका एक प्रहरीले फोन खोसे।

मैले कार्ड देखाएँ। तर उनीहरुले ‘कार्ड र क्यामरा बोक्दैमा हुन्छ, हामीलाई हाकिमबाट गाली खुवाउने?’ भने।

उनीहरुले मलाई ‘चौकी हिँड, डिएसपी सापले बोलाउनु भएको छ’ भन्दै हात समाते। मैले ‘म जान्छु, तर हात छोड्नुस्, म भाग्न लागेको होइन र गल्ती पनि गरेको छैन’ भनेँ। महाराजगञ्ज चौकीको गाडी आउने बेलासम्म उनीहरुले मलाई हातपात गरेका थिए भने मोबाइलसहितका सामान नियन्त्रणमा लिएका थिए। झण्डै पौने घण्टामा प्रहरीको गाडी आयो। केहीबेरमा महाराजगञ्ज चौकी पुगियो। केहीबेरमा डिएसपी आए। केही बेरपछि फोन फिर्ता पाएँ। ती डिएसपीले मलाई आफन्त बोलाउन भने। केही समयमै विभिन्न मिडियाका साथीहरु चौकी आए।

पक्राउ गर्ने प्रहरीसँग डिएसपीले सोधपुछ गरे र उनले माफी पनि मागे। तर उनको माफीले मेरो पेशामाथिको अपमान फिर्ता भएजस्तो लाग्दैन मलाई।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?