हेल्थ टिप्स

‘जब मैले पाँच मिनेटका लागि मरेको महसुस गरें’

‘जब मैले पाँच मिनेटका लागि मरेको महसुस गरें’
+
-

‘मेरो अनुहार कालो निलो भइसकेको थियो, मैले स्वास लिन बन्द गरिसकेकी थिए, मेरो मुटुको चाल रोकिसकेको थियो ।’

लारा डालेसियो भन्छिन्, ‘त्यो समयमा मलाई लागेको थियो  मेरो ज्यान सकियो, म पाँच मिनेटका लागि त मरि नै सकेकी थिए , डाक्टरहरु मलाई निको पार्न पुरै कोशिश गरिरहेको थिए ।’

२७ वर्षकी लारा तीन वर्ष पहिले जब काम सकेर घर फर्किन् अचानक बेहोश भएर लडिन् ।

पेशाले नर्स रहेकी लारालाई कार्डिएक अरेष्ट भएको थियो । पछिल्लो समय धेरै युवाहरुमा मुटुसँग सम्बन्धित रोग छ तर उनीहरुले यसबारेमा चाल पाएका छैनन् । ब्रिटिश हर्ट फाउण्डेसनले यसबारेमा चेतावनी जारी गरेको छ । फाउण्डेसनका अनुसार यस्ता मानिसहरुका लागि मुटुको बिरामी खतरनाक हुन सक्छ ।

युवाहरु जस्तै लारालाई पनि थाहा थिएन कि उनी पनि मुटुको रोगसँग जुझीरहेकी छन् । कार्डिएक अरेष्ट भएका बेला लारालाई उनको साथीले अस्पताल पुगाए । आपतकालिन उपचार पाएपछि लाराको ज्यान बच्यो । अस्पतालमा तीन दिनसम्म आइसीयुमा राखेर उनको उपचार गरिएको थियो । उनी भन्छिन्, ‘जब म होशमा आए मलाई केही समझमा आइरहेको थिएन म रुन थाले । ’

उपचारका क्रममा थाहा भयो कि लारा लंग क्यूटी सिन्ड्रोमबाट पीडित छिन् । यो एक आनुशांशिक बिरामी हो जसले मुटुको धड्कनलाई प्रभावित पार्छ ।
लारा भन्छिन्, ‘त्यो बेला मेरो उमेर मात्रै २४ वर्षको थियो । मलाई लाग्यो यो उमेरमा मलाई यस्तो बिरामी कसरी हुन सक्छ ? मैले उमेर पुगेका मानिसहरु मुटुको बिरामीका कारण मरेको देखेकी छु तर युवा अवस्थामै यस्तो भएको थाहा पाएकी थिइन ।’

ब्रिटिश हर्ट फाउण्डेशनको ताजा रिसर्च अनुसार १५ देखि २५ वर्षको उमेरका धेरै युवाहरुमा आनुवांशिक कारणले मुटुको बिरामी हुने खतरा रहन्छ । कतिपय अवस्थामा कम उमेरमै यही कारणले पनि ज्यान जान सक्छ ।

यस्ता मानिसहरुमा कुनै किसिमको लक्षण पनि देखिदैन । तर कतिपय अवस्थामा कार्डिएक अरेस्ट भएका बेला समस्याबारे थाहा हुन्छ । धेरै कम मानिसहरुलाई मात्रै आफ्नो बिरामीबारे थाहा हुन्छ ।

यूनिभर्सिटी अफ लण्डनका मुटु सम्बन्धी डाक्टर प्रोफेसर एलिजाह बेहरका अनुसार धेरै कम मानिसहरुमा आनुवांशिक कारणले मुटुको बिरामी हुन्छ तर यो बिरामीले पीडित भएका व्यक्तिहरु हेर्ने हो भने यो संख्या तीव्र रुपमा बढीरहेको छ ।

डाक्टर बेहर

डाक्टर बेहर भन्छन्, ‘यस प्रकारको मुटुको बिरामीका कारण ब्रिटेनमा मात्रै हरेक वर्ष झण्डै १५ हजार युुवा अचानक ज्यान गुमाइरहेका छन् । यस्तो पीडितलाई पहिचान गरेर उनीहरुको ज्यान बचाउनु ठूलो चूनौति छ ।’

प्रोफेसर बेहर अहिले आनुवांशिक कारणले हुने हर्ट अट्याकबारे रिसर्च गरिरहेका छन् । उनले यो रिसर्चले अचानक हुने यस्तो हर्ट अट्याक रोक्न रिसर्च महत्वपूर्ण रहने आशा गरेका छन् ।

केही डाक्टरहरु भनाई छ कि यस्तो बिरामी पत्ता लगाउन युवाहरुले अनिवार्य रुपमा स्क्रीनिंग गर्नुपर्छ । तर अर्काे तर्फ डाक्टरहरुले यसबारेमा अझै रिसर्च आवश्यक रहेको बताएका छन् ।

जसले छोरा गुमाए


२०१६ मा बेरी र गिल विल्किन्सनका छोरा डैन फुटबल खेलिरहेका बेला अचानक ढले र उनको ज्यान गयो । त्यो बेला डैनको उमेर मात्र २४ वर्षको थियो र उनको फाइफस्टाइल एक्टिभ थियो । डैनका बुवाले भने ‘ मेरो छोरालाई मुटुको गम्भीर बिरामी रहेछ तर हामीलाई यसबारेमा थाहा नै भएन । २४ घण्टा पहिला मात्रै हामीले छोरासँग भिडियो च्याटमा कुरा गरेका थियौँ त्यो बेला उनी समान्य लाग्थे । ‘

डैन फुटबल खेलाडी थिए ।

‘पछि थाहा भयो कि डैनलाई एक किसिमको मुटुको बिरामी छ । जसले गर्दा व्यक्तिको मुटुको आसपासको क्षेत्र कमजोर हुन्छ र यसले गर्दा कार्डिएक अरेस्ट हुन्छ ।’
बैरी याद गर्छन् ‘उसको टीमका केही साथीहरुले फोन गरेर डैन बेहाश भएको बताएका थिए । जब डैनलाई अस्पताल पुगाइयो उसको ज्यान गइसकेको थियो ।’

डैन की आमा भन्छिन् ,’यो हाम्रा लागि ठूलो दुर्घटना थियो ।’

बैरी र गिल ले पैसा उठाएर फुटबल खेल्ने युवाहरुका लागि डिफिब्रिलेटर किनेका छन् । यो उपकरण कार्डिएक अरेस्ट भएका बेला उपयोग गरिन्छ ।

लारा भन्छिन्,’भाग्यमानी हुँ’


लारा आफ्नो अनुभव शेयर गरेर मानिसहरुमा जागरुकता फैलाउन चाहन्छिन् । उनी भन्छिन् ,’म युवाहरुलाई भन्न चाहन्छु कि यो तपाईँहरुमा पनि हुन सक्छ मुटुको बिरामी कसैलाई पनि हुन सक्छ । ‘

लाराको छातीमा एक डिफिब्रिलेटर र पेशमेकर लगाइएको छ कि उनलाई आवश्यक समयमा त्यसको उपयोग हुन सकोस् ।

लारा भन्छिन्, ‘अब म आप्नो साथीहरुसँग घुम्छु, रमाउँछु किनकि मलाई थाहा छैन कुनबेला यो फेरि हुन्छ र यसबार मेरो ज्यान नजाओस् । ‘म अब जिन्दगीलाई रमाएर बिताउन थालेकी छु, म भाग्यमानी हुँ किनकि म बाँचे ।’

बिबिसीको सहयोगमा

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?