थपथपाउँदा पीडा कम

साना बच्चालाई मसाज गर्दा पीडा कम हुन्छ : अध्ययन

साना बच्चालाई मसाज गर्दा पीडा कम हुन्छ : अध्ययन
+
-

शिशुहरुलाई बिस्तारै थपथपाउँदा वा मसाज गर्दा उनीहरुको पीडा कम हुने एक अध्ययनले देखाएको छ ।

साना बच्चाको टाउको, निधार, पिट्ठ्यूँ, छातीसहितका भागमा बिस्तारै हातले थपथपाउँदा मस्तिष्कमा पीडाको सञ्चार गर्ने गतिविधि कम हुने र त्यसले गर्दा उनीहरुमा दुखाईको अनुभव कम हुँदै जाने अध्ययनमा देखिएको हो ।

अक्सफोर्ड विश्वविद्यालय र लिभरपुल जोन मोरिस विश्वविद्यालयले गरेको अनुसन्धानको क्रममा ३२ शिशुको परीक्षणका लागि रगत लिने क्रममा मस्तिष्कको गतिविधिको अध्ययन गरिएको हो । अनुसन्धानको प्रतिवेदन करेन्ट बायोलोजीमा प्रकाशित भएको छ ।

आधा शिशुलाई त्यसक्रममा निधानमा नरम ब्रसले बिस्तारै चलाइएको (मसाज वा थपथपाइएको) थियो । त्यसो नगरिएका आधा शिशुको तुलनामा उनीहरुको मस्तिष्कमा पीडाजन्य गतिविधि ४० प्रतिशत कम देखिएको अनुसन्धानकर्ताले बताएका छन् ।

अनुसन्धानकर्ता रिबेका स्लेटरका अनुसार शिशुमा गरिएको छुवाई वा हुलुका मजासको कुनै ‘साइड इफेक्ट’ देखिएको छैन र यसले पीडा कम गर्ने औषधिको जस्तै काम पनि गरेको छ ।

यसका लागि एक सेकेण्डमा अधिकतम तीन सेन्टिमिटरसम्म भागमा चलाउन सकिने अनुसन्धानकर्ताले बताए । यसको अर्थ शिशुलाई गरिने मसाजको प्रभाव राम्रो रहेको देखिएको छ ।

तर त्यसका लागि अभिभावकले न्युरोबायोलोजिकल सिस्टम बुझेमा झन राम्रो हुने अनुसन्धानकर्ता प्राध्यापक स्लेटरले बताइन् । तर शिशु हुर्किँदै जाँदा पनि मसाजको प्रभाव उस्तै रहन्छ कि परिवर्तन हुन्छ भन्ने बारे स्पष्ट भएको छैन ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?