बेग्लै संसारमा हुर्कदै कलिला ‘मुना’

स्वर्गद्धारीका ‘बटुक’ चिसो छल्न झरे देउखुरी

स्वर्गद्धारीका ‘बटुक’ चिसो छल्न झरे देउखुरी
+
-

दाङ– निधारमा चन्दनको धर्के टिको । मखलरले छोपिएको छ शिर । ठूलो ज्याकेटले ढाकिएको शरीर । कम्मरमा कसिलो गरी लुंगी बाँधिएको छ । एउटा हातमा भएको माला गन्दै र मन्त्र उच्चारणमा व्यस्त देखिन्छन् १२ वषीर्य बटुक कृष्णराज चौंलागाई । तीन वर्ष अघि स्वर्गद्धारी आश्रममा उनका बुवा–आमाले ल्याईपुर्‍याए ।

शुरुका दिनमा कृष्णराजलाई मन्दिरमा बस्न निकै गाह्रो भयो । बिहान चार बजे उठ्नु पर्ने, दैनिक नृत्य कर्म गर्नै मुस्किल पर्‍यो । तर, अहिले उनै कृष्णराज संस्कृत शिक्षा पढ्न तल्लिन छन् ।‘तीन वर्ष भयो यहाँ पढ्न थालेको । म त घर पनी गएको छैन् । बुवा–आमासँग फोनमा कुरा हुन्छ । शुरु शुरुमा घरको सारै याद आयो’कृष्णराजले भने–‘ठूलो भएर भागवत वाचक बन्छु ।’ कृष्णराजको अठोट प्रखर भागवत वाचक बन्ने छ ।

प्यूठान बरौलाका १४ वर्षीय कमल ज्ञवालीले ८ कक्षा पास गरेका छन् । तर, उनलाई संस्कृत शिक्षा तर्फ मोह जाग्यो । घरका अभिभावकले उनलाई यो वेद विद्या पढ्न हौसाए । अहिले उनि संस्कृत शिक्षाको बाहिरी कक्षामा भर्ना भएका छन् ।‘नृत्य कर्म सिक्दै छु । पढेर पूजा, पाठ लागाउन जान्ने हुने मन छ’उनले भने–‘हाम्रो धर्म संस्कृती बचाउनु पर्छ भनेर पनी यता आएँ ।’

यस्तै कक्षा दश पास गरेका २० वर्षीय हरिषचन्द्र पोखरेलले बाउ–बाजेले गरेको कर्म धान्न संस्कृत पढ्न थालेको बताए ।‘चार जना दाजु भाई छौं । म जेठों छोरा हुँ । मलाई पूजारी बन्ने मन लाग्यो र यता आएँ’उनले भने–‘कर्म काण्डलाई आफ्नो पेशा बनाउन चाहन्छु । गाउँमा रुद्री, श्राद्ध लगाउदा ब्राहमण भेटिन छाडे । त्यही भएर त्यो कर्मलाई बचाउन यता आएँ ।’

चिसो छल्न दाङ झरे स्वर्गद्धारीका बटुक


प्यूठान स्वर्गद्धारी मन्दिरमा रहेको विद्यालयमा अध्ययन गर्ने ८३ जना बटुक लमही नगरपालिका वडा नं. ३ स्थित बनगाउँ स्वर्गद्धारी आश्रममा आएका छन् । प्यूठानमा चिसो बढेपछी बटुकहरु तीन महिनाको लागी देउखुरी झरेका हुन् ।

हरेक वर्ष मंसिर १५ गते देखि फागुन १५ सम्मका लागि बटुक यहाँ आउने गर्छन् । यस वर्ष पनि बटुक र उनलाई पढाउने ६ जना शिक्षक यहाँ आईपुगेका हुन् । ‘चिसो अत्याधिक हुन्छ । साना साना बटुकहरु छन् । उनीहरुलाई प्यूठानमा चिसो लाग्ने भएकाले यहाँ देउखुरी वनगाउँ आश्रममा ल्याएका छौं’स्वर्गद्धारी आश्रम वनगाउँका प्रमुख हरी अधिकारीले भने–‘बटुकसँगै ६ जना शिक्षक पनी सँगै आउनु भएको छ ।’

हरेक दिन यस्तो कर्म


बटुक बिहान ४ बजे उठ्छन् । चार बजेदेखि साढे ४ बजेकाबीचमा स्नानको समय । साढे ४ बजेदेखि साढे ५ बजे सम्म नृत्य कर्म । साढे ५ बजे देखि ६ बजे सम्म स्तुती पाठ । साढे ६ बजे देखि ७ बजे सम्म खाजाको समय । ७ बजे देखि ९ बजे सम्म गृह कार्य ।

गृहकार्य सकेर १० बजे सम्म खानाको समय । १० बजे देखि ४ बजे सम्म कक्षा । ४ बजे देखि५ बजे सम्म एक घण्टा मनोरञ्जनको समय छुट्याइएको छ । यो समयमा वटुकहरु खेलकुदमा रमाउने गर्छन् । बेलुका ५ बजे देखि ६ बजे सम्म सायमकालिन सन्ध्याको समय हो । साढे ६ बजे देखि साढे ७ बजे सम्म खानाको समय । खानापछि राति १० बजे सम्म गृहकार्य गर्ने समय । गृहकार्य सकेर १० बजे सयनको समय रहेको छ ।

प्राविधिक विषय सरह संस्कृत शिक्षा


हिन्दु संस्कार अनुसार पूजा पाठ गर्न ब्राह्मण चाहिन्छ । जन्म, मृत्यु संस्कारको लागि पनि नभई भएन् । पुर्खाहरुले पढे, जाने र यो कर्म चलाए । नयाँ पुस्तालाई जानकारी कमै छ । तर, पनि यो संस्कृत गुरुकुल शिक्षामा आएका युवाहरुले प्राविधिक विषय सरह संस्कृत शिक्षा रहेको बताउछन् ।

‘पूजा लगाउनु पर्दा होम गर्ने कुण्ड बनाउनु पर्‍यो, वेदी बनाउनु पर्‍यो । रेखी हाल्नु पर्‍यो । सबै जान्नको लागि पढ्नु पर्‍यो । पढेकाले मात्रै थाहा पाउने र कर्मकाण्ड गर्दा उपयोगी हुन्छ । त्यही भएर प्राविधिक विषयसँग जोडेको हुँ’ बटुकहरुलाई पढाउने शिक्षक छबिलाल न्यौपानले भने–‘संस्कृत मात्रै पढाउदैनौं । अंग्रेजी, गणित, सामाजिक विषय पनि विद्यार्थीलाई पढाउछौं ।’

सन्तान नैतिकवान बनेको चाहने अभिभावक बढ्दै


बाल तपस्यिवी वेद विद्याय गुरुकुलम विद्यालय स्वर्गद्धारी नगरपालिका वडा नं. २ स्वर्गद्धारीमा छ । यो विद्यालयमा ११ वर्षकै उमेरमा विद्यार्थी भर्ना गर्न देशका विभिन्न जिल्लाबाट अभिभावकहरु पुग्ने गर्छन् । पूर्वमा धादिंगदेखि पश्चिममा जुम्ला, हुम्लाका विद्यार्थी छन् ।

खासगरी आफ्ना सन्तानलाई नैतिकवान बनेको देख्न चाहने अभिभावकहरुले गुरुकुल शिक्षामा भर्ना गरेको पाईएको छ ।‘नैतिकवान बनाउन चाहन्छन् आफ्ना सन्तानलाई ।

मद्यपान, धुम्रपान र गलत कृयाकलापबाट टाढा राख्न पनि आउने अभिभावक पाएका छौं’स्वर्गद्धारी आश्रम वनगाउँका प्रमुख हरी अधिकारीले भने–‘यहाँबाट पास भएर निस्किएका विद्यार्थीले आफूलाई जन्म दिने बावु, आमालाई वृद्धाश्रम पठाउदैन । मायाँ गरेर स्याहार गरेर हेर विचार गर्छ र गरेको पनि छ ।’

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?