अन्ततः सफल भए

सबरीमला मन्दिरमा पशे ५० वर्षमुनिका दुई महिला

सबरीमला मन्दिरमा पशे ५० वर्षमुनिका दुई महिला
+
-

५० वर्ष भन्दा कम उमेरका दुई महिला भारत केरलाको सबरीमला मन्दिरमा बुधबार बिहान प्रवेश गर्न सफल भएको छ । यी महिलाले यसअघि पनि मन्दिर प्रवेश गर्ने प्रयास गरेका थिए । उनीहरु बुधबार बिहान सफल भएका हुन् ।

सादा कपडामा रहेका दुई महिला प्रहरी तथा अरु सहयोगीको सुरक्षामा स्वामी अयप्पाको मन्दिरमा प्रवेश गर्न सफल भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । केरलाका मुख्यमन्त्री पी, विजयनले दुई महिला मन्दिर भित्र प्रवेश गर्न सफल भएको पुष्टि गरेका छन् ।

सरकारले नै उनीहरुलाई सुरक्षा दिएको मुख्यमन्त्री विजयनले बताएका छन् । पेरिनथलमन्नाकी विन्दु र कन्नुरकी कनकदुर्गा गएको महिना पनि मन्दिरमा प्रवेश गर्ने प्रयास गरेका थिए । त्यो बेला सफल नभएका उनीहरु बुधबार बिहान सफल भएका हुन् । उनीहरुलाई गएको महिनाको प्रयासमा दक्षिणपन्थी संगठनका कार्यकर्ताले रोकेका थिए ।

स्वामी अयप्पाको मन्दिर सबरीमलामा १० देखि ५० वर्ष उमेरका किशोरी तथा महिलामाथि प्रवेशमा प्रतिबन्ध रहँदै आएको थियो । तर गएको सेप्टेम्बर २८ मा भारतको सर्वोच्च अदालले यो व्यवस्था खारेज गर्दै सबै उमेर समूहका महिलालाई मन्दिर प्रवेश गर्न दिन आदेश दिएको थियो ।

स्वामी अयप्पा ब्रह्मचारी रहेकाले महिनावारीको उमेर पुगेका वा महिनावारी हुने उमेरका महिलामाथि प्रवेशमा रोक लाग्दै आएको थियो । बुधबार मन्दिर प्रवेश गरेका दुई महिलाहरु त्यो समूहका महिला हुन्, जसले मन्दिर प्रवेशका लागि १० महिलाको समूह बनाएका थिए ।

भारतीय जनता पार्टी (भाजपा) र उसका सहयोगी संगठनहरुले महिलालाई मन्दिर प्रवेशमा रोक लगाउँदै परम्परा कायम राख्नु पर्ने पक्षमा अभियान चलाएका छन् । यसले गर्दा राज्यमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?