
दाङ – माघे संक्रान्तिको अवसरमा दाङको रिहार बगार बाबा धाममा रहेको तप्त कुण्डमा स्नान गर्न श्रद्धालु भक्तजनको भिड लागेको छ । छाला सम्बन्धी रोग निको हुने विश्वासका साथ महिला, पुरुष तथा बालबालिकाहरु तप्त कुण्डमा नुहाउन तछाड मछाड गर्ने गर्छन् ।
राति १२ बजे बाट तप्त कुण्डमा नुहाउनेहरुको भिड लागेको छ । यहाँ नुहाउन भारत उत्तर प्रदेशका विभिन्न जिल्लाबाट भक्तजन आएका छन । गुरुदिन प्रसाद भार्गोले पहिलोपटक तप्त कुण्डमा नुहाउन आएको बताए । ‘मनोकामना पूरा हुने विश्वासका साथ यहाँ नुहाउन आएको हुँ’, उनले भने ‘हरेक वर्ष धेरै मानिस आउँछन् । म पहिलोपटक यहाँ आए ।’