
झोला नभिरेका युवायुवतीहरु बिरलै देखिन्छन्। कलेज जाँदा होस् या अफिस, ब्याग भिरेकै हुन्छन् । यसरी प्रायले नछुटाउने झोलामा के हुन्छ होला, वा हामी आफ्नो झोलामा के छुटाउँदैनौँ ?
पक्कै पनि दैनिक प्रयोजनमा नभइ नहुने सामानले झोलामा स्थान पाउँछन् । ती मध्ये केही यस्ता चिज हुन्छन्, जुन हामी कहिल्यै छुटाउँदैनौँ । बाहिर निस्केका बेला ब्यागमा कहिल्यै नछुटाउने चिज के हुन् ? यो जान्न केही युवा र युवतीसँग कुरा हामीले गर्यौँ ।
कानमा इयरफोन हालेर हिँड्दै गरेका युवकलाई ब्यागमा के बोक्नु हुन्छ ? भनेर प्रश्न गर्दा हाँस्दै भने, ‘डकुमेन्ट, मोबाइल, किताबहरु बोक्छु ।’ उनी सँगैका साथीका अनुसार, ल्यापटप, डायरी, चस्मा, बोक्ने गरेका छन् ।
चरुसी सिलकाताम्रे भन्छिन्, ‘म इन्सुरेन्स कमप्नीमा काम गर्ने भएकाले बाहिर हिँड्नु पर्छ त्यसैले अनिर्वाय रुपमा फारमहरु, आइडी कार्ड, मोबाइल, पर्स र खानेकुरा बोक्नु नै प¥यो , त्यस बाहेक नछुटाउने सामान पानी हो।’
कलेज डे«समा चिटिक्क परेकी सिया मौनीको झोलामा किताब, कापी, कलम छुट्ने रहेनछ । त्यस बाहेक कहिले नछुट्ने चिज मोबाइल, इएरफोन, लिपिस्टिक रहेछ । उनले अर्को चिजको नाम अलिक लाज मान्दै भनिन्, ‘मेरो झोलामा प्याड पनि हुन्छ ।’
झोलाले केहीहदसम्म भागमभागको जीवनमा सहजता ल्याएको छ । ब्याग भन्ने बितिकै हामी बुझ्छौ सामान राख्ने वस्तु । राम्रो ब्याग देख्ने वितिकै के होला त्यो ब्याग भित्र जान्न उत्सुक हुन्छौ । महिलाको जिज्ञासा हुन्छ पुरुषको ब्यागमा के रहेछ, त्यस्तै पुरुषको पनि ।
लोकसेवाको तयारी गरिरहेकी दीपा भन्छिन्, ‘किताबहरु, मोबाइल, पर्स अनिर्वाय बोक्ने गरेकी छु ।’ तर आँखा कमजोर भएकाले चस्मा पनि बोक्ने गरेको सुनाइन् ।
निलो कोटमा चिटिक्क परेर काँधमा कालो झोला बोकेका नविन दुलाल भन्छन्, ‘मैले बोक्ने त्यस्तो विशेष केही छैन । अरु जस्तै मोबाइल, इएरफोन र अफिस कामका लागि ल्यापटप म नि बोक्छु ।’
आफू शिक्षिका भएकाले स्कूल जाँदा मार्कर, किताबहरु, विद्यार्थीका नोटकपी बोक्ने गरेको तविता तामाङले बताइन् । उनले पनि मोबाइल नछुटाउने रहिछन् ।
कलेज ड्रेसमा कालो ब्याग भिरेका सरोज रिजालले भने, ‘कलेज जाँदा किताब कापीहरु, मोबाइल, इएरफोन दैनिक बोक्ने समान भए तर मलाई चस्मा लाउन मन पर्ने भएकाले बाहिर हिँड्दा बोकेर हिँड्छु ।’
एक युवती भन्छिन्, ‘खाना खान बिर्सन्छु तर मेकप गर्न बिर्सिन्नँ, त्यसैले मेकपको समान जाँहा गए पनि लग्छु । मोबाइल, इएरफोन चार्जर, स्काफ र पर्स सबैले जस्तै म नि बोक्छु ।’
पसलबाट निस्किदै गरेका मदन भट्ट सुनाउँछन् ‘काममा चाहने बिलहरु, अफिसको स्ट्याम, चेकबुक, पर्स र मोबाइल कहिल्यै छुटाउँदिन ।’
युवतीहरुले खाना र पानी बोकेको पाइयो भने युवाहरुले ती कुरामा ध्यान नदिएको देखियो। युवकहरुको तुलनामा युवतीहरु स्वास्थ्यप्रति सचेत भएको पाइयो।
यी हुन् सामान्यतयाः युवक र युवतीको ब्यागमा नछुट्ने सामानहरुः
युवतीको ब्यागमा नछुट्ने सामान
मोबाइल
इयरफोन
चार्जर
मेकपको सामान
स्कार्फ
खाना
पानी
डायरी
चस्मा
सेनेटरी प्याड
किताबहरु
फारमहरु
पर्स
युवकको ब्यागमा नछुट्ने सामान
ल्यापटप
मोबाइल
इयरफोन
चार्जर
डायरी
किताबहरु
चस्मा
पर्स
चेकबुक
डकुमेन्ट