
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीका चार पाँचवटा पुराना तस्बिर उनले कुम्भ मेलामा डुबुल्की मारेको दाबीका साथ सामाजिक सञ्जालमा शेयर गरिएका छन् ।
कैयौँ फेसबुक ग्रुपमा यी तस्बिरहरुलाई सयौँ पटक शेयर गरिएको छ र यसलाई ट्वीटरमा पनि शेयर गरिएको छ ।
मोदीलाई ‘हिन्दू शेर’ उल्लेख गर्दै सामाजिक सञ्जालमा तस्बिर शेयर गर्दै कांग्रेस अध्यक्ष राहुल गान्धीमाथि सवाल उठाइएको छ । उनीहरुले लेखेका छन् ‘आफूलाई जनैधारी भन्ने राहुल गान्धी कहिले कुम्भमा डुबुल्की लगाउँछन् ?’
उत्तर प्रदेशको प्रयागराजमा १२ वर्षमा एक पटक लाग्ने कुम्भ मेलाको सुरुवात भइसकेको छ । यसलाई हिन्दूहरुको सबैभन्दा ठूलो धार्मिक कार्यक्रम भनिने गरिएको छ । ४९ दिनसम्म चल्ने कुम्भ मेलाको पहिलो शाही स्नान १५ जनवरी –मकर संक्रान्तिका दिन भएको थियो । अब ६ वटा मुख्य दिनहरुमा शाही स्नान हुनेछ ।
प्रधानमन्त्री नरेन्द्र मोदी १६ डिसेम्बरमा कुम्भ मेलाको तयारीका सिलसिलामा प्रयागराज पुगेका थिए । तर उनले यो कुम्भ मेलामा स्नान गरेको अहिलेसम्म कुनै आधिकारिक सूचना जारी गरिएको छैन ।
२०१६ र यी तस्बिरहरु
रिवर्स इमेज सर्जबाट थाहा हुन्छ कि मोदीका यी तस्बिरहरु २०१६ मा मध्य प्रदेशको उज्जैन कुम्भका बेला शेयर गरिएका थिए । २०१६ मा २२ अप्रिलदेखि २१ मई सम्म सिंहस्थ कुम्भ आयोजना भएको थियो र अन्तिम शाही स्नान भन्दा अघि मोदी उक्त मेलामा सहभागी भएका थिए ।
पुरानो रिपोर्टसका अनुसार बिजेपीका दिवंगत सांसद अनिल माधव दवेले २०१६ को उज्जैन कुम्भ मेलाको आयोजक समितिको नेतृत्व गरेका थिए ।
दवेले त्यो बेला भनेका थिए, ‘प्रधानमन्त्री मोदी उज्जैन कुम्भ मेलामा आउनेछन् तर उनी शिप्रा नदीमा स्नान गर्न जाने छैनन् ।’ अर्थात यी तस्बिरहरु २०१६ का पनि हैनन् ।
जब स्नान गर्न पुगे सिएम मोदी
बिबिसी हिन्दीका अनुसार नरेन्द्र मोदीका यी तस्बिरहरु सन २००४ का हुन् । मोदी त्यतीबेला गुजरातका मुख्यमन्त्री थिए र उनी उज्जैनको महाकालेश्वर ज्योतिर्लिङ्गको दर्शन गर्न पुगेका थिए । रिपोर्टका अनुसार मई २००४ मा उज्जैनमा भएको सिंहस्थ कुम्भमा नरेन्द्र मोदीले शिपौ नदीमा स्नान गरेका थिए ।