एउटा सन्देशले बदलिएको ‘गाउँ’

‘झोल’ त ल्याउनु भएको छैन्? नत्र डाँड तिर्नुपर्ला !

‘झोल’ त ल्याउनु भएको छैन्? नत्र डाँड तिर्नुपर्ला !
+
-

दाङ–हरेक दिन जसो झै झगडा भैरहने । श्रीमान मदिरामा लठ्ठिएर घर पस्ने र श्रीमतीलाई कुट्ने । मदिराले घर झगडा, गाउँ झगडा बढाएपछि धेरैलाई चिन्तित बनायो । काम भन्दा झगडा मिलाउन गाउँमा छलफल हुने गर्यो। त्यसपछि एउटा जुक्ति निकालियो। गाउँमा मदिरा बेच्न र सेवन गर्न रोक्ने ! यो जुक्तिले काम गर्यो ।

२०५५ सालबाट मदिरा निषेधित गाउँ बन्यो राजपुर गाउँपालिका वडा नं. ५ महतिनिया खोला । गाउँमा नयाँ मानिस प्रवेश गर्ने बित्तिकै सूचित गरिन्छ‘ झोलामा‘झोल’ त ल्याउनु भएको छैन् ।’

‘यहाँ त‘झोल’ रक्सी खायो की जरिवाना तिर्नुपर्छ’, स्थानिय मनकुमार रानाले भने–‘ल्याउनु भएको छ भने पनि न खानु होला, नत्र डाँड तिर्नुपर्छ ।’ केही दिन मात्रै भयो एउटा पसलले रक्सी बेचेछ । आमा समूहले थाहा पाएर पाँच हजार जरिवाना तिरायो ।’ यो गाउँमा चार वटा पसल छन् । त्यहाँ रक्सी पाईँदैन ।

महिलाको अगुवाइमा महतिनियाँ गाउँ मदिरामुक्त बनेको छ । मगर समुदायको बाहुल्य रहेको गाउँमा महिलाको अगुवाइमा विसं २०५५ देखि हालसम्म मदिरा बेचबिखन र सेवन गर्न निषेध गरिएको छ ।‘रक्सी खायो । श्रीमती कुट्यो । हिंसा मात्रै बढेपछी रक्सी पार्न, बेच्न, खान रोक्यौं’ आमा समूहका सचिव हिरा बुढाले भनिन्–‘रक्सी रोकेपछि गाउँमा शान्ति भयो ।’

सुरुका दिनमा निकै मुस्किलपर्यो । घरमा समेत रक्सी पार्न बन्द गरेपछि रक्सी खानेहरु घट्दै गए । ८२ घर धुरी रहेको यो गाउँमा भट्टी पसल नै छैन् । मदिरा सेवन गर्ने र बिक्री वितरण गर्नेलाई पाँच सय देखी जरिवाना लिन थालेका हुन् । अहिले त्यो जरिवाना रकम बढेर पाँच हजार पुर्याइएको छ । २०५५ सालमा रेडियो नेपालमा सामाजिक रुपान्तरणका कुरा सुनेर प्रभावित भएका महतिनियाँ गाउँका महिलाले गाउँको रुपान्तरणका लागि मदिरा निषेध घोषणा गरेका हुन् ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?