झोल लिपिस्टिक लगाउँदा ध्यान दिनुपर्ने कुराहरु

झोल लिपिस्टिक लगाउँदा ध्यान दिनुपर्ने कुराहरु
+
-

तरल लिपिस्टिकहरु अहिले धेरै रुचाइएका छन्। सौन्दर्य सामग्रीमा तरल लिपिस्टिक अनिवार्य जस्तै भइसकेको छ। हामीले यदि महिलाको व्याग हेर्ने अवसर पायौँ भने, तरल लिपिस्टिक एउटामात्र भएपनि भेटिन्छ। यो लिपिस्टिक किन राम्रो त ?

पुरानो ठोस लिपिस्टिकको तुलनामा यस्ता लिपिस्टिक राम्रो रंगका हुन्छन्, साथै लामो समय पनि टिक्छन्। यसलाई एकपल्ट लगाउँदा पनि एकनाशले लाग्छ र राम्रो देखिन्छ। तर यो लिपिस्टिक लगाउन धैर्य पनि चाहिन्छ। तपाई यदि तरल लिपिस्टिक लगाउँदै हुनुहुन्छ भने तलका कुरामा ध्यान दिए सुन्दर देख्न सकिन्छ।

१. यसलाई समय लिएर लगाउनुपर्छ

तरल लिपिस्टिक ५ सेकेण्डमा लगाइहाल्न सकिन्न। यो लगाउन धैर्य अनि ऐना दुवै चाहिन्छ। यो कारमा लगाइहालिन्छ भन्ने चीज होइन। यसले ओठको आकार प्रस्ट देखाउने भएकोले हतारमा लगाउँदा बिग्रने हुन्छ। आउटलाइनर पनि लगाउन पर्ने भएकोले यसलाई लगाउन समय लाग्छ।

२. मेकअप पनि गर्नुपर्छ

तरल लिपिस्टिकहरु असाध्यै चम्किला हुन्छन्, त्यसैले लिपिस्टिक लगाउँदा अनुहारमा मेकअप पनि गर्नुपर्छ। अनुहारको अरु भागमा श्रृंगार र ओठको रंगलाई सन्तुलन गर्नुपर्छ। अनुहारमा मेकअप गर्दा फाउनडेसन लगाउन अनि गालामा ब्लस लगाउन जरुरी छ। त्यसपछि मेकअप सामान्य देखिन्छ।

३ धेरै लिपिस्टिक लगाउन हुन्न

कुनै कुनै लिपिस्टिक एकपल्ट लगाउँदैमा राम्ररी पुग्छ। त्यसैले ओठमा लिपिस्टिक लगाउनु अगाडि पहिला लगाएको लिपिस्टिक हटाउनुपर्छ नत्र धेरै देखिन्छ। पहिला नै लिपिस्टिक लगाएको ठाउँमा तरल लिपिस्टिक लगाउँदा अस्वाभाविक देखिन्छ।

४ मोइस्चराइजर लगाउनुपर्छ

यदि ओठ सुख्खा छ भने ओठमा मोइस्चराइजर लगाउन जरुरी छ। लिपिस्टिक लगाउनु अगाडि र निकालेपछि ओठमा चिल्लो पदार्थ ‘लिप बाम’ लगाउनु जरुरी हुन्छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?