श्रम सम्झौता गर्न छलफल अघि बढ्यो

ओमान र युएईसँग पनि शून्य लागतमै श्रम सम्झौता गर्न नेपालको प्रस्ताव

ओमान र युएईसँग पनि शून्य लागतमै श्रम सम्झौता गर्न नेपालको प्रस्ताव
+
-

काठमाडौं–ओमान र युएईसँग पनि नेपालले शून्य लागतमानै श्रम सम्झौता गर्न प्रस्ताव गर्ने भएको छ । आउँदो शनिबार श्रम सम्झौताको मस्यौदामा छलफल गर्न नेपाली टोली ओमान जाने भएको छ।

ओमानसँग श्रम सम्झौताका विषयमा आइतबार र सोमबार छलफल तय भएको छ । नेपाली टोली ओमानसँग छलफल गरिसकेपछि मंगलबार त्यहीँबाट युएई जानेछ । युएईसँग पनि श्रम सम्झौताकै मस्यौदामा बुधबार र बिहिबार छलफल हुनेछ ।

दुई देशसँग छलफलका लागि उठाउने एजेन्डा र नेपालले प्राथमिकताका साथ उठाउनु पर्ने विषयमा बिहिबार श्रम मन्त्रालयमा श्रम, कानून र परराष्ट्र मन्त्रालयका अधिकारीहरुले पूर्वराजदूत र विज्ञहरुसँग छलफल गरेका छन्।

श्रम राजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव रामप्रसाद घिमिरेको नेतृत्वमा ५ सदस्यीय टोली जाने भएको हो । टोलीमा कानुन मन्त्रालयका सहसचिव फडिन्द्र गौगम, परराष्ट्र मन्त्रालयका उपसचिव सुरेश अधिकारी, श्रम मन्त्रालयका उपसचिव दिपक ढकाल र शाखा अधिकृत सुरेश सुवेधी रहेका छन् ।

ओमनलाई ४ दिन पहिले नै नेपालको तर्फबाट प्रस्तावित ड्राफ पठाइएको छ । नेपाललाई ओमानले श्रम सम्झौताका लागि छलफल गर्न पहिले नै बोलाएको भएपनि आफ्नो तर्फबाट गृहकार्य गरेर मात्रै जाने भन्दै नेपाल तयारी गरेको हो । ओमानले मिति तय गर्दै नेपाली टोलिलाई आमन्त्रण गरेपछि ओमानसँग श्रम सम्झौताको विषयमा पहिलो पटक छलफल हुन लागेको हो । यसअघि ओमानसँग कामदार पठाउने विषयमा कुनै सम्झौता छैन ।

युएईसँग भने सन् २००७ मा एमओयु भइसकेको छ । तर त्यसलाई पुर्नरावलोकन गर्न जरुरी भएको भन्दै केही समयदेखि दुवै देश तयारीमा लागेका थिए । युएईसँग पटक–पटक औपचारिक र नौपचारिक छलफल तथा ड्राफ्ट आदान–प्रदान भइसकेको छ ।

नेपाल र युएईकाबीचमा केही कुरामा सुधार आवश्यक रहेको भन्दै नेपालले जोड गरेको छ । नेपाली टोलीको नेतृत्व गरेर जान लागेका श्रम मन्त्रालयका सहसचिव घिमिरेले केही कुरामा फरक बिचार रहेको बताएका छन् । ती विषयमा छलफल केन्द्रीत हुनेछ ।

नेपालले श्रमिक लैजाँदा सुन्य लागतमा अपनाउनु पर्ने, श्रमिकको र म्यानपावर कम्पनीको खर्च रोजगारदाताले ब्यहोर्नु पर्ने र व्यवसायजन्य सुरक्षाको ग्यारेन्टी पनि सम्झौतामै उल्लेख हुनु पर्नेमा जोड दिएको छ ।

यस्तै ठगी शोषणमा पर्ने अवस्था आएमा के गर्ने, दूतावासको भूमिका कस्तो हुने ? कामदारको बीमा, विवादका कुरा आए समाधानको उपाय, श्रमिकको न्यायमा पहुँचको कुरा पनि सम्झौतामै उल्लेख हुनु पर्नेमा नेपालले जोड दिने भएको छ। नेपालले कामदार जानु पहिले श्वदेशमा गर्नु पर्ने तयारीदेखि तालिम र अभिमूखिकरण तालिम, स्वास्थ्य परीक्षण लगायत कामदार जाँदा गर्नु पर्ने सबै तयारी र त्यसको खर्च पनि सम्झौतामै उल्लेख हुनु पर्ने प्रस्ताव गरेको छ।

युएईसँग भने रोजगारी सकेर फर्किने बेलामा श्रमिकले पाउने सुविधा सामाजिक सुरक्षाको व्यवस्था (उपदान, बोनस लगायत) का कुरा पनि उठाउने भएको छ । युएइृले केहीदेशसँग यसअघि यो खालको सम्झौता गरिसकेकाले युएईसँग भने नेपालले पनि यी कुराको व्यवस्था गर्न शर्त राख्ने भएको हो । ओमानसँग भने यी सबै शर्त राख्ने तयारीमा नेपाल छैन ।

ओमनमा पनि शुन्य लागतको कुरा, कामदारको सुरक्षा र जाँदा अपनाउने प्रक्रिया लगायतका व्यवस्था पने राख्नु पर्ने शर्त रहनेछ ।

यस्तै ओमानमा व्यक्तिगत हिसावले नभई संस्थागत हिसावले पठाउन जोड दिने भएको छ । व्यक्तिले पठाएको माग भन्दा पनि संस्थागत माग भए कामदारको सुरक्षा र केही परे संस्था जिम्मेवार हुनेभएकाले यस्तो शर्त राख्ने तयारी भएको सहसचिव घिमिरेले बताए ।

यी मुख्य मुद्दामा सहमती भएन भने पनि नेपाली टोलीलाई कम्प्रमाइज नगर्न सुझाव दिइएको छ।

यो टोलीसँग ती देशको सहमती भएमा श्रम मन्त्रालयसँग समन्वय गरेर सम्झौताको समय समेत तोक्न सक्नेछ । तर अर्को चरणको छलफलबाट मात्रैसम्झौता गर्ने गरी तयारी छ।

श्रम सम्झौताको विषयमा छलफल गर्न जान लागेको टोलीले श्रम मन्त्रालय, मातहतका विभाग वोर्ड, पूर्वराजदूत मधुवन पौडेल, उदयराज पाण्डे, युएईका लागि प्रस्तावित राजदूत कृष्ण ढकाल परराष्ट्र र कानून मन्त्रालयका अधिकारीहरुसँग छलफल गरेको छ।

 

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’