सन्दर्भः विश्व क्यान्सर दिवस

के भयो भने क्यान्सर हुन सक्छ ?

के भयो भने क्यान्सर हुन सक्छ ?
+
-

शरीरमा कोषहरुको अनियन्त्रित वृद्धि भएको अवस्था क्यान्सर हो। मानिसको कपाल र नङ बाहेक हरेक अंगमा क्यान्सर हुने चिकित्सकहरु बताउँछन्। क्यान्सर नसर्ने रोग हो, यसको सहि समयमा सहि उपचार भएन भने यसले मानिसको ज्यान लिन सक्छ।

क्यान्सर लागेको अंग र क्यान्सरको चरणले बिरामी ठीक हुने अथवा नहुने कुरा निर्धारण गर्ने नेशनल हस्पिटल एण्ड क्यान्सर रिसर्च सेन्टर जावलाखेलका क्यान्सर रोग विशेषज्ञ तथा वरिष्ठ छाती रोग विशेषज्ञ डा. मदन कुमार पिया बताउँछन्।

हरेक वर्ष फ्रेब्रुअरी ४ मा क्यान्सरको बारेमा जनचेतना फैलाउन विश्वभर नै विश्व क्यान्सर दिवस मनाइन्छ। सन् २००८ देखि यूआई सिसी (इन्टरनेशनल युनियन अगेन्स्ट क्यान्सर) ले यो दिवस विभिन्न नारा सहित मनाउन थालेको हो। यो वर्षको नारा ‘म छु, म हुन्छु।’ भन्ने रहेको छ।

क्यान्सर बेलैमा पहिचान भए निको हुन्छ भनेर जनचेतना फैलाईरहँदा क्यान्सर भएका बिरामीहरु ढिलो गरी अस्पताल आइपुग्ने गरेको डा. पिया बताउँछन्।

उनका अनुसार बिरामीलाई अझैपनि क्यान्सर भएको थाहा हुँदैन। नेपालमा अहिले धुम्रपान सेवनबाट हुने क्यान्सर धेरै भएको बताउँदै डा. पियाले यस्ता लक्षण देखिएमा क्यान्सर हुन सक्ने बताए।

१. तौल घट्नु,

२. छालामा भएका कोठी, मुसाको रंग बदलिदै जानु,

३. स्तनमा नदुख्ने गाठा आउने,

५. कुनै ठाउँको मासु, हड्डी छिटो छिटो बढेमा,

६. दिशा पिसाब गर्दा रगत देखिएमा,

७. लामो समय खोकी लागेमा,

८. खाना निल्न समस्या भएमा, मुख भित्र भएको घाउ निको नभएमा,

९. शरीरको जुनसुकै अंगमा असामान्य दुखाई भएमा।

नेपालमा पछिल्लो समय क्यान्सरको उपचार भइरहेको छ। क्यान्सर सम्बन्धि के कस्तो उपचार नेपालमा गर्न सकिन्छ भन्ने बारेमा क्यान्सर रोग विशेषज्ञ तथा छाती रोग विशेषज्ञ वरिष्ठ डा.मदन कुमार पियाले देश सञ्चारलाई बताएका छन्।

यो पनि पढ्नुहोस्

क्यान्सरका अधिकांश प्रकार तथा लक्षण र उपचार तथा बच्ने उपाय

क्यान्सरका अधिकांश प्रकार तथा लक्षण र उपचार तथा बच्ने उपाय

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?