काठमाडौं– श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जानकारी बिनै भारतीय श्रमिकहरुले नेपालमा काम गर्दा श्रम स्वीकृति लिनुपर्ने सूूचना जारी भएको खुलासा गरेको छ। गत माघ १० गते श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले नेपालमा काम गर्न भारतीय श्रमिकले अनिवार्य श्रम स्वीकृति लिनु पर्ने भन्दै सबै श्रम कार्यालयहरुलाई पत्राचार गरेको पाइएको छ। तर श्रम मन्त्रालयले भने सञ्चार माध्यममा समाचार प्रकाशन भएपछि आश्चर्य व्यक्त गरेको छ।
मन्त्रालयका सहसचिव राम प्रसाद घिमिरेले भारतीय नागरिकलाई नेपालमा श्रम स्वीकृति अनिवार्य भनी विभिन्न सञ्चार माध्यममा आएको समाचार प्रति श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्।
मन्त्रालयको जानकारीविना कसको संलग्नतामा यसप्रकारको अफवाह फैलने परिस्थितिको सिर्जना भएको हो बुुधबार स्पष्ट पार्ने सहसचिव घिमिरेले बताए।
यस सम्वन्धमा श्रम तथा व्यवसायजन्य सुरक्षा विभागबाट विभिन्न श्रम तथा रोजगार कार्यालयहरुलाई गरिएको भनिएको परिपत्र साँचो या झुट के हो ? यदि साँचो हो भने कस-कसको संलग्नतामा, के कस्ता आधार लिई र के प्रयोजनको लागि गरिएको हो भन्ने विषयमा सोधखोज र छानविन गरी सत्य तथ्य बाहिर ल्याउने घिमिरेले बताएका छन्।
यस सम्वन्धी जानकारी मंगलबार कार्यालय समय पश्चात प्राप्त भएकाले बुुधबार यस बिषयमा स्पष्ट पार्ने भन्दै यस सम्बन्धमा कुनै भ्रममा नपर्न मन्त्रालयले आग्रह गरेको छ।

मन्त्रालयले यसप्रकारको आधारहिन हल्लाको पछि नलाग्न समेत अनुरोध गरेको छ। तर श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले प्रधानमन्त्री तथा मन्त्री परिषद्को गत पुुष २६ गतेको परिपत्र भन्दै माघ १० गते सबै श्रम कार्यालयलाई भारतीय श्रमिकको श्रम स्वीकृतिको सम्बन्धमा परिपत्र गरेको छ।
पत्रमा प्रतिष्ठान निरीक्षण गर्दा प्रतिष्ठानमा कार्यरत भारतीयहरुको संख्या अद्यावधिक गर्ने तथा उक्त भारतीय कामदारहरु श्रम स्वीकृति नलिई काम गरिरहेको पाइए श्रम स्वीकृति लिन भनि प्रतिष्ठानलाई जानकारी गराउन अनुुरोध गरिएको छ। साथै प्रतिष्ठानको नाम र तहाा कार्यरत गैर नेपाली श्रमिक भए सोको नाम, पद सहितको विवरण मासिक रुपमा विभागमा पठाउन समेत भनिएको छ।
प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयलाई बोधार्थ बुुझाइएको पत्रमा कारखाना निरीक्षक प्रशान्त शाहले हस्ताक्षर गरेका छन्।


भर्खरै
लोकप्रिय






































































































































































































