नवविवाहित युवक आत्तिँदै एचआइभी परीक्षण गराउन पुगे

नवविवाहित युवक आत्तिँदै एचआइभी परीक्षण गराउन पुगे
+
-

‘एक नव विवाहित युवक आत्तिँदै एचआइभी परीक्षण गर्नु पर्‍यो भन्दै आए । किन ? भनेको त–भर्खरै विवाह गरेको त बल्ल थाहा पाएँ उ त एचआइभी संक्रमित पो रहेछ भन्यो । सायद यस्तै प्रकृतिको घटना (या नव श्रीमान वा नव श्रीमती, कोही पनि) हाम्रो समाजमा थुप्रै घटना घटिरहेको होला । समाधान ??’

यो वरिष्ठ सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले बिहीबार बिहान सामाजिक सञ्जालमा पोस्ट गरेको कुरा हो ।

टेकु अस्पतालमा बुधबार दिउँसो २५–२६ वर्षका युवा आत्तिँदै आएको घटनापछि खुलेको रहस्यको कुरा डा. पुनले आफ्नो स्टाटसमा लेखेका हुन् । हालै बिहे गरेका युवा आत्तिँदै आएर एचआइभी परीक्षण गराउनु पर्‍यो भनेपछि सोधखोज गर्दा घटनाबारे थाहा भएको डा. पुनले बताए ।

डा. पुनले देश सञ्चारसँग भने, ‘घटना बुधबार दिउँसोको हो । ती युवा आए । परीक्षणका लागि आग्रह गरे । हामीले प्रक्रिया पूरा गर्नका लागि जानकारी लिँदा उनी नवविवाहित रहेको थाहा भयो । आफ्नी श्रीमतीले बिहेपछि मात्रै एचआइभी संक्रमित रहेको बताएकाले आफू परीक्षणका लागि आएको बताए ।’

डा. पुन भन्छन्, ‘यो घटना त प्रतिनिधि मात्रै हो । यस्ता धेरै केसहरु हुन सक्छन् । कतै केटी कतै केटा संक्रमित भएका हुन सक्छन् । अनि विवाह पूर्व जाँच नगरेको वा थाहा भएर पनि नखुलाइएको पनि हुन सक्छ । यसले समस्या थप जटिल बनाउँछ ।’

एचआइभी प्रतिको मानसिकताकै कारण यस्ता घटना हुने गरेको र यसले गर्दा एचआइभीविरुद्धको अभियानमा समस्या खडा हुने गरेको डा. पुनले बताए ।


एचआइभी भन्ने बित्तिकै असुरक्षित यौन सम्पर्क वा चरित्रसँग जोडिने भएकाले संक्रमित व्यक्तिहरु खुल्न सक्ने अवस्था नरहेको मानसिकतामा परिवर्तन गरिनु पर्ने डा. पुनसहित एचआइभीविरुद्धको अभियानमा लागेकाहरुले बताएका छन् ।

एचआइभी सर्ने विभिन्न कारण मध्ये संक्रमित व्यक्तिसँगको असुरक्षित यौन सम्पर्क एक कारण रहेको बुझाउनु पर्ने र एचआइभी सर्नुका अरु कारण पनि छन् भन्ने सबैमा थाहा हुने वातावरणका लागि काम गर्नु पर्ने डा. पुनले बताए ।

निर्मलीकरण नगरिएको सुई, रगतबाट संक्रम हुने सम्भावना रहन्छ । एचआइभीलाई व्यक्तिको चरित्रसँग जोडेर हेर्ने मानसिकतामा परिवर्तन नभएसम्म यस्तो समस्या रहिरहने र संक्रमण भित्रभित्र फैलिँदै जाने जोखिम रहेको डा. पुनले बताएका छन् ।

‘बुधबारको घटनामा आत्तिँदै आएका युवाले ‘मलाई त फँसाइयो’ भनेका थिए’, डा.पुनले भने, ‘यस्तो घटनाले त पारिवारिक तथा सामाजिक सम्बन्धमा पनि असर पर्ने देखियो । अब मानसिकतामा परिवर्तन नगरी हुँदैन ।’

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?