हेल्थ टिप्स

डिप्रेशनको खतरा कम गर्छ ओखरले, अरु पनि छन् धेरै फाइदा

डिप्रेशनको खतरा कम गर्छ ओखरले, अरु पनि छन् धेरै फाइदा
+
-

अमेरिकामा गरिएको एक अध्ययनका अनुसार ओखर खानाले डिप्रेशनको खतरा कम भएर जान्छ र एकोहोरो हुने समस्या पनि कम हुन्छ।

क्यालिफोर्निया यूनिभर्सिटीका सोधकर्ताले नियमित ओखर खाने व्यक्तिहरुमा डिप्रेशनको असर २६ प्रतिशत कम भएर जाने पाइएको उल्लेख गरेका छन्।

यो अध्ययनका बारेमा न्यूट्रेन्ट जर्नलमा प्रकाशित भएको छ । अध्ययन अनुसार ओखर खानाले शरीरमा उर्जा बढाउँछ र एक्लोपनबाट मुक्त गराउँछ ।

यूनिभर्सिटीका प्रमुख सोधकर्ता लेनोर अरबले अध्ययनका बारेमा जानकारी दिँदै भनेका छन्, ‘अध्ययनमा सहभागी गराइएका ६ जना मध्ये एकजनालाई जीवनको कुनै एक समयमा डिप्रेशनको शिकार हुन्छ ।

यसबाट बच्नका लागि उत्तम उपायको अवलम्बन गर्नु जरुरी हुन्छ, जस्तो खानपानमा सुधार त्यो मध्येको एक हो नियमित ओखरको सेवन।’

‘ओखरलाई पहिले मुटु रोगका बारेमा अनुसन्धान गरेका थियौँ तर पछि यसलाई डिप्रेशनका लक्षण कम गर्ने सम्बन्धमा पनि हामीले पायौँ,’ उनले अगाडि भनेका छन् । उनका अनुसार यो अध्ययनमा २६ हजार भन्दा धेरै अमेरिकी युवाहरुलाई सहभागी गराइएको थियो ।

क्यान्सर, मुटु रोगबाट बचाउँछ


ओखरको सेवनले क्यान्सरसहित अन्य मुटु सम्बन्धी रोगहरुको खतरा कम गर्न पनि मद्दत गर्छ । यसको सेवनले कोलेस्ट्रल कम हुन्छ ।

शुक्राणु बढाउँछ


पुरुषहरुको शुक्राणु संख्या संसारभरको एक ठूलो समस्याका रुपमा लिइन्छ । वैज्ञानिकहरुका अनुसार शुक्राणु बढाउने उत्तम उपाय ओखरको सेवन पनि हो । अध्ययन अनुसार हरेक दिन ७५ ग्राम ओखरको सेवनले पुरुषमा शुक्राणु, जीवन शक्ति र गतिशीलतामा सुधार भएको छ ।

एजेन्सीको सहयोगमा

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?