मीठा-मीठा, हृदय नै झंकृत हुने र मनकाे गहिराइमा ठोक्किने प्रेमपत्रहरु छापेर ‘भ्यालेन्टाइन्स डे’ सकिएकाे छ। सयभन्दा बढी पत्रहरुमाझ १३ वटा छान्नु सजिलाे काम थिएन। हामी स्वीकार गर्छौँ- यस क्रममा थुप्रै स्वादिला प्रेमपत्रहरु हामीले मिस गर्यौँ।
यद्यपि आशा गर्छौँ- हामीले दिनभरि मीठा-मीठा प्रेमपत्र तपाईँहरुलाई पस्क्यौँ।
देशसञ्चार प्रेमपत्र प्रतियोगितामा उत्साहपूर्ण सहभागिताका लागि हामी तपाईँहरुलाई हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छौँ।
आज छापिएका १३ वटामा विभिन्न कारणले नपरे पनि हामीलाई एकदमै मन परेका बाँकी केही पत्रहरु शुक्रबार र शनिबार प्रकाशित गर्नेछौँ।
हामीले विषयबस्तु, भाव, भाषा, विम्व र मिठासका दृष्टिले प्रेमपत्रहरुकाे छनौट गरेका थियौँ।
यीमध्ये सुरज हजारे दाहालकाे प्रेमपत्र पहिलो भएकाे छ, बधाई!
पृथ्वीराज पाेखरेलकाे प्रेमपत्रले दोस्रो स्थान हासिल गरेकाे छ। बधाई!
तृतीय स्थानमा विनाेद देवकाेटा र उषाकिरण रेग्मी दुईजना छानिएका छन्। बधाई!

भर्खरै
लोकप्रिय






































































































































































































