३४ जना सुरक्षाकर्मीको ज्यान जाने गरी भारतको जम्मू कश्मीरमा चरपन्थीले गरेको आक्रमणलाई भारतीय सुरक्षा विश्लेषकहरुले सरकारको नालायकीपनको संज्ञा दिएका छन् ।
पूर्व प्रहरी उप महानिर्देशक तथा लेखक अली मोहम्मद वटालीले भने, ‘यस्तो किसिमको हमलाले यो सन्देश दिन्छ कि चरमपन्थीहलाई सिद्ध्याउने भारतको नीति पूर्ण रुपमा असफल भएको छ । यो हमलाले समस्यालाई अझ जटिल बनाएको छ । ’
उनले अगाडि भने, ‘भारतका गृहमन्त्री राजनाथ सिंहले कैयौँ पटक भनेका छन् कि कश्मीरमा चरमपन्थी छिट्टै सिद्धिनेछन् तर उनको दाबी अहिले झुटो सावित भएको छ, कश्मीरमा स्थिति झन झन खराब भइरहेको छ । सेना परिचालनको विकल्प यसलाई सम्हाल्न नाकाम भयो ।’
पूर्व प्रहरी महानिर्देशक एम.एम. खजूरिया भन्छन् ‘कश्मीरमा भइरहेको यो सामान्य लडाई होइन जो एक दुई महिनामा सकिन्छ, यो एक लामो संघर्ष हो, सरकारले त्यहि अनुरुप समाधानको पहल गर्नुपर्छ ।’
जम्मू कश्मीरको पुलवामा जिल्लाको लेथपोरा नजिक श्रीनगर जम्मू राजमार्गमा सिआरपिएफका जवान सवार गाडीमा आक्रमण भएको हो । जम्मूबाट श्रीनगर जाँदै गरेका सुरक्षाकर्मीका ७० मध्ये एउटा गाडी आक्रमणमा परेको हो ।
प्रतिबन्धित चरमपन्थी समूह जैश ए मोहम्मदले आक्रमणको जिम्मा लिएको छ ।

                                            
                            
                            
                            
                            
                            
भर्खरै
लोकप्रिय
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                
                
                




















 





































































 







































 

































































