महेन्द्र पार्कमा के हेर्न जाने ?

महेन्द्र पार्कमा के हेर्न जाने ?
+
-

नेपालगञ्ज – बाहिरबाट नेपालगञ्ज आएका या फुर्सद निकालेका यहीका स्थानीय बासिन्दा महेन्द्र पार्कमा पुग्ने गर्दछन् । घरपरिवार, साथीसंगीसँग पार्कमा गएर त्यहाँका जनावर तथा चराचुरुङ्गी हेर्ने अधिकांशको धोको हुन्छ ।

तर दुर्भाग्य, पार्कमा न त विभिन्न जातका जनावर छन् न त चराचुरुङ्गी नै । महेन्द्र पार्कमा यतिबेला दुई वटा कृष्णासार, १५ वटा चित्तल, दुई वटा आष्ट्रिच, लबर चरा, खरायो र तीन वटा बाँदर छन् । केही समय अघिसम्म रहेको मयुर मरिसकेको छ । कृष्णासारको संख्या घटेको छ । धेरै ‘घर’हरु खाली भएपछि चौकीदार अस्लम रिजवीले आफ्नो घरबाट परेवा, कुखुरा, चाइनिज हाँस लगेर राखिदिएका छन् ।

कुखुरा, परेवा या बाँदर हेर्न महेन्द्र पार्क जाने त ? प्रश्न उठिरहेको छ । नेपालगञ्जका रैथाने अनिल श्रेष्ठ भन्छन्, ‘नेपालगञ्ज उपमहानगरपालिकाले राम्ररी व्यवस्थापन नगर्दा पार्क नाममात्रको पार्कका रुपमा परिणत भइरहेको छ ।’ नेपालगञ्जका मेयर धवलशमशेर राणाले पहिलो पटक मेयर हुँदा महेन्द्र पार्क बनाएर आन्तरिक पर्यटकीय स्थल बनाउने प्रयास गरेका थिए । अहिले दोस्रो पटक उनै राणा मेयर भएको बेलामा पार्क खण्डहरमा परिणत हुँदै गएको छ ।

नेपालगञ्जको घुम्ने ठाउँमध्येमा महेन्द्र पार्कलाई लिइन्थ्यो/लिइन्छ । महेन्द्र पार्कलाई कहिले ठेक्कामा दिने, कहिले आफूले सञ्चालन गर्ने उपमहानगरपालिकाको नीतिले गर्दा पार्क नामको पार्क बन्दै गएको हो । अझ एकपटक त पार्कलाई मासेर सिटी हल बनाउने आन्तरिक निर्णय भएर शहरी विकास तथा भवन डिभिजन कार्यालयले कन्सल्टेन झिकाएर माटोसमेत परीक्षण गरेको थियो । तर स्थानीयले चर्को विरोध गरेपछि सिटी हल बनाउने योजना परिवर्तन गरियो ।

यतिबेला महेन्द्र पार्क ‘प्रेमी’का लागि उपयुक्त ठाउँ बनेको छ । दश÷दश रुपैयाँको टिकट काट्ने र दिनभरी मायाप्रेमका गफ गर्ने थलो बनेको छ । बिहीबार एक सय २० वटा टिकट कट्यो । भ्यालेन्टाइन डे पनि परेकाले प्रायः जोडी नै आएका थिए । पार्कमा छेउछाउमा बनाइएको बस्ने ठाउँमा केटाकेटीहरु रमाइरहेका थिए । चौकीदार अस्लमले अरु दिन पनि युवायुवतीहरु नै आएर दिनभरी मज्जाले घुमेर जाने बताए ।

बुधबार एक सय ६० वटा टिकट कटेको थियो । मंगलबार एक सय ३० वटा । नजिकै रानीतलाउ पुनः सञ्चालनमा आएकाले बोटिङको मज्जा लिनेहरु त्यतातिर गएको हुन सक्ने चौकीदार अस्लमले आशंका गरे । पार्कमा जनावर र चराचुरुङ्गी नै छैन, के हेर्न आउने ? चौकीदार अस्लमले भने, ‘केटाकेटीहरु दिनभरी गफ गर्न आउँछन् । जनावर र चराचुरुङ्गी त एक बहानामात्रै हो ।’

नेपालगञ्जको बागेश्वरी मन्दिर, रानीतलाउ, महेन्द्र पार्क र बन्दै गरेको वाटर पार्क पर्यटकीय स्थल हुन् । महेन्द्र पार्कलाई पनि व्यवस्थित गर्दा पार्कको रौनकता बढ्ने स्थानीयवासी श्रेष्ठले बताउँछन् । उनले भने, पार्कलाई केटाकेटीको गफ गर्ने ठाउँमात्रै नभएर घरपरिवार, साथीसंगी, पाहुना आउदा देखाउने ठाउँको रुपमा विकास गर्नुपर्छ ।’

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?