
बिहानै उठेर खाली पेटमा कागती पानी पिउनुका अनेकौ फाइदा छन् । विषेश गरी मेटोपना घटाउनका निम्ति खाली पेटमा कागती पानी पिउने गरेको पाइन्छ ।
चाहे गर्मीको समयमा होस् वा जाडोको, खाना खाँदा होस चाहे चट्पटे खाँद होस् हामीलाई कागती त चाहिन्छ नै ।
अझ बढी गर्मी मौसमा कागती पानी बनाएर पिउनुको मज्जा नै बेग्लै हुन्छ । तर कागती पानी खानुका फाइदासँगै बेफाइदा पनि छन् । यदि तपाईँ दिनदिनै कागनी पानी पिउनु हुन्छ भने सचेत रहन जरुरी हुन्छ ।
कागती पनी पिउँदा ध्यान दिनु पर्ने कुरा
१. दाँतमा समस्या छ भने कागती पानी पिउनाले दाँतलाई असार गने गरेको पाइएको छ ।
२. एसिडटी, हार्ट बर्न, रिफ्लक्स जस्ता समस्या भएका व्यक्तिहरुले कागती पानी पिउनु हुँदैन ।
३. धेरै मात्रामा कागती पानी पिउँदा धेरै पटक पिसाब आउँछ । बारम्बार शरीरबाट पिसाब जाँदा पनि डिहाइड्रेशनको समस्या हुन सक्छ ।
४. धेरै कागती पानीले एसिडिटी त बढाउँछ नै पेटका अन्य अंगहरुमा हानी पनि पुर्याउन मद्दत गर्छ । जसले पाचन प्रणाली समेत खराब गर्न सक्छ ।
५. कागती पानीमा अक्सलेट्स पाइने भएका कारण यसले मृगौला र कलेजोलाई पनि प्रभाव पार्न सक्छ ।
६. धेरै तातो पानी र कागती पिउँदा त्यति धेरै फाइदा नहुने गरेको पाइन्छ । तर मनतातो पानी र कागती पिउँदा धरै फाइदा लिन सकिने जानकारहरु बताउँछन् ।