चिया पिउने पुरुषलाई प्रोस्टेट क्यान्सरको जोखिम कम

चिया पिउने पुरुषलाई प्रोस्टेट क्यान्सरको जोखिम कम
+
-

चिया नपिउने मानिसहरु सायद कमै भेटिएलान् । फरक मात्र यति हो, कसले कति पिउँछ ? अझ धेरै जसो केटाहरुलाई हेर्ने हो भने, एक हातमा चुरोट त अर्को चियाको चुस्की लगाइरहेका हुन्छन् ।

बुढा पाकाहरु आफ्ना दौतरीसँग चिया पसलमा बसेर घण्टौसम्म गफिरहेका हुन्छन् । तर कोही मानिसहरुले भने अत्याधिक मात्रमा नै चिया पिउने गर्छन् ।

एक अध्ययनका अनुसार कम्तीमा दिनको ४ कप चिया पिउनु स्वास्थ्यका लागि फइदा जनक मानिन्छ । नेदरल्याण्डका वैज्ञानिकहरुले गरेको अध्ययनले दिनको ४ कप चिया पिउने पुरुषमा चौथो तहको प्रोस्टेट क्यान्सरको खतरा ३३ प्रतिशतले कम हुने देखाएको छ ।

त्यसैगरी, दिनको १ कप चिया पिउने पुरुषमा दोश्रो तहको प्रोस्टेट क्यान्सर विकास हुने सम्भावना २५ प्रतिशतले कम हुने बताएको छ ।

दोश्रो चरणको प्रोस्टेट क्यान्सर भनेको प्रोस्टेट क्यान्सरको त्यो अवस्था हो जहाँ प्रोस्टेट ग्रन्थीमा टयुमर पलाउँछ तर त्यस्ता टयुमर अन्त फैलिएको हुँदैन । जबकी चौथो तहको प्रोस्टेट क्यान्सरका बेला यस्ता टयुमर लिम्फ नोड, हाड तथा कलेजो लगायतमा फैलिएको हुन्छ ।

चियामा पाइने फ्लाभिनोइड्स तत्वले क्यान्सरको उत्पादन गर्ने कोषको वृद्धि रोक्ने काम गर्छ । चियाको सेवनले प्रोस्टेट क्यान्सरको खतरा कम गर्ने निष्कर्ष निकाल्नका लागि वैज्ञानिकहरुले ५८ हजार भन्दा बढि मानिसमा अध्ययन गरेका थिए ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?