ओमेगा–थ्री

माछाको बोसो क्यान्सरको अचुक ओखती

माछाको बोसो क्यान्सरको अचुक ओखती
+
-

मासुमा हुने बोसो त्यति राम्रो मानिँदैन स्वास्थ्यका लागि र धेरैले सकेसम्म बोसो तर्काउँछन् ।

सबै बोसो हानीकारक हुँदैन, बोसोमा पाइने तत्वले क्यान्सरको जोखिम कम गर्न र क्यान्सरको संक्रमण भइसकेकामा त्यसको फैलिने दर सुस्त बनाउन सहयोग पनि गर्छ ।

तर यस्तो सकारात्मक प्रभाव रातो मासु अर्थात खसी, बोका वा राँगाको मासुमा पाइने बोसोले भने गर्ने होइन । माछामा पाइने बोसोले क्यान्सरको जोखिम कम गर्न तथा क्यान्सरको संक्रमण भएकाहरुमा फैलिने दर सुस्त गर्न सहयोग गर्ने देखिएको यसमा अनुसन्धान गरेकी डा. सरस्वती खड्गीले बताएकी छन् ।

अमेरिकाको युनिभर्सिटी अफ नेब्रास्का मेडिकल सेन्टरबाट विद्यावारिधी गरेकी डा. खड्गीले देश सञ्चारसँग भनिन्, ‘मैले आफ्नो पिएचडीको अनुसन्धान स्तन क्यान्सर र ओमेगा–थ्रीको प्रभावका बारेमा गरेकी हुँ । यस क्रममा ओमेगा–थ्रीले विशेष गरी स्तनक्यान्सरको जोखिम न्युनिकरण गर्न कस्तो सहयोग गर्छ भनेर मुसामा परीक्षण गरियो ।’

प्राध्यापक डा। जेम्स ताल्माड्ज र डा. सरस्वती खड्गी

डा. खड्गीले प्रष्ट पार्दै भनिन्, ‘मुसामा गरिएको अध्ययनबाट ओमेगा–थ्रीले क्यान्सरको जोखिम कम गर्ने देखियो । अर्को कुरा क्यान्सर संक्रमण भइसकेपछि त्यसको फैलने दर ओमेगा–थ्रीले कम गराएको हामीले अनुसन्धानमा पाएका छौँ ।यसको अर्थ ओमेगा–थ्रीले उपचारबाट पूर्ण निको नहुने अवस्थामा पुगेका क्यान्सरका बिरामीको जीवन अवधि बढाउने देखियो ।’

क्यान्सर नफैलिएसम्म कुनै पनि बिरामीको मृत्यु नहुने भएकाले ओमेगा–थ्रीले क्यान्सर फैलन रोक्ने देखिँदा क्यान्सरको उपचारमा नयाँ सम्भावना देखिएको डा. खड्गीले बताइन् ।

उनले भनिन्, ‘उदाहरणका लागि–स्तनमा भएका क्यान्सर त्यहाँबाट नफैलिएसम्म बिरामीको मृत्यु हुँदैन । स्तनको क्यान्सर फोक्सो, हड्डी वा शरीरका अरु भागमा फैलिएपछि बिरामीको मृत्यु हुने हो । ओमेगा–थ्रीले क्यान्सरको फैलावटलाई रोक्ने हामीले मुसामा गरेको अनुसन्धानमा पाएका छौँ ।’

डा. खड्गीलाई अनुसन्धानमा विश्वविद्यालयका प्राध्यापक जेम्स ताल्माड्जले सुपरभाइज गरेका थिए। अहिले मानिसमा यसको परीक्षण भइरहेको डा. खड्गीले बताएकी छन् ।

माछाको बासो र ओमेगा–थ्री


ओमेगा–थ्रीको प्रमुख स्रोत माछाको बासो हो । यसले गर्दा माछाको तेल विशेष गरि स्तन क्यान्सरको जोखिम कम गर्न र क्यान्सरको बिस्तार कम गर्न उत्कृष्ट बन्ने डा. खड्गीले बताइन् ।

अहिले अमेरिकाको टेनिसेमा थप अनुसन्धानमा संलग्न डा. खड्गीले देश सञ्चारसँग भनिन्, ‘माछाको तेल ओमेगा–थ्रीको प्रमुख स्रोत हो । माछाको बासोमा यो प्रमुख मात्रामा पाइन्छ ।

अरु रातो मासुमा पाइने बासोमा ओमेगा–सिक्स हुन्छ । माछाको बोसोमा प्रमुख मात्रामा ओमेगा–थ्री हुन्छ र अरु तत्व पनि पाइन्छ ।’

विशेष गरि ट्राउट, सालमन जातका माछामा ओमेगा–थ्री बढी हुने उनले बताएकी छन् । यस्तै ओखर, सागपात, आलसमा पनि ओमेगा–थ्री पाइने उनले बताएकी छन् । यस्ता ओमेगा–थ्री पाइने कुरा नियमित सन्तुलन मिलाएर खाएमा क्यान्सरको जोखिम कम हुने उनले जानकारी दिएकी हुन् ।

यस्तै बजारमा माछाको तेलको ट्याबलेट पाइने भएकाले त्यो पनि प्रयोग गर्न सकिने डा. खड्गीले बताइन् ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?