अस्ताए योजनाकार युवराज

ताप्लेजुङमा केबुलकार चलाउने युवराजको सपना अधुरै

ताप्लेजुङमा केबुलकार चलाउने युवराजको सपना अधुरै
+
-

नयाँ बानेश्वर चोक बाट पुरानो बानेश्वर जाने बाटोको अलिपर सानो गल्ली छ। त्यो गल्लीमा मानिसहरुको आवतजावत प्रायः बाक्लै हुन्छ, उस्तै थियो बिहीबार पनि।

गल्लीबाट १५-२० पाइला अगाडिको एउटा घरमा भने सधा जस्तो थिएन। मानिसहरुको उपस्थिति बाक्लो थियो। घरमा आउने जानेक्रम चलिरहेको थियो।

घरको दोस्रो तलाको सिढीमा छरपस्ट थिए चप्पलहरु । भित्र कोठामा बन्दना पौडेललाई महिलाहरुले घेरेका थिए। कसैले सम्झाइरहेका थिए, ‘जे हुनु भइगो, अब खेप्नु पर्छ, आफूलाई सम्हाल ।’

तर कोही भन्दै थिए, ‘हामीसँग तपाईलाई भन्ने कुनै शब्द नै छैनन्।’

प्रधानमन्त्री कार्यलयका उप–सचिव युवराज दाहाल बन्दनाका श्रीमान् हुन्। ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा उनको पनि ज्यान गयो । त्यही भएर बिहीबार उनको घरमा सन्नटा छाएको थियो।

बन्दना बेहोस् अवस्थामा बेडमा ढलिरहेकी थिइन्। त्यही कोठामा युवराजका ठुलठुला तस्बिरहरु सजाइएका थिए। त्यो माहोलमा ती हाँसेका तस्बिरहरु अनौठा देखिन्थे। त्यहाँको माहोलभन्दा ठीक उल्टा थिए।

उनीहरुका एक छोरा र एक छोरी छन्। तर उनीहरुलाई बुबा युवराजको मृत्युबारे थाहा दिइएको छैन। छोरी २ कक्षामा र छोरा ६ कक्षामा अध्ययनरत छन्।

युवराजका भन्जा अग्नीले भने, ‘नानीबाबुहरु सानै हामीले अहिले थाहा दिइसकेका छैनौं। उनीहरुलाई अन्तै लगेर राखेका छौं।’

युवराजकी आम विराटनगरमै छिन्। आमालाई दशैँ मान्न आउँछु भन्दै फर्किएका थिए। तर त्यो बाचा पूरा गर्न सकेनन् । बुबाको निधन भएको १० वर्ष भयो । चार भाइ चार दिदीबहिनी मध्ये युवराज साइलो छोरा हुन्।

बुधबारनै घटना भएपनि शव संकलन गर्नै कठिन भयो । शव संकलन त बिहीबार गरियो तर शव चिन्न समेत गाह्रो छ। बिहीबार पनि उनीहरुले युवराजकोे शव पाउन सकेनन् । पोेष्टमार्टम पछि मात्रै शव जिम्मा लगाउने सरकारको तयारी छ।

तर बुधबार बाटै घरमा सन्नटा छाएको छ। आफन्त र साथीभाइ जिम्मा भएका छन् । युवराजका साथी दुर्गा प्रसाईले सम्झिए, ‘हाम्रो भेट झापामा हुँदा भेट भएको थियो। उनी एकदमै मिलनसार थिए। देशका लागि केहि गर्न पर्छ देश बनाउन भन्ने अभियानमा लाग्नु भएको व्यक्ति, देश बनाउनु पर्छ। हाम्रो सानो योगदानले देश बन्छ, त्यसैले देश विकासका लागि लड्नु पर्छ भन्ने स्वभावको व्यक्ति हुन्। उनले देश विकासका लागि भनेर उद्योगपति र ठुला व्यक्तिहरुसँग हातेमालो गरेर टिम बनाउदै थिए। मैले धेरै ठुला व्यक्तिहरुसँग संगत गरेँ तर यस्तो खुबी भाको व्यक्ति मैले अहिले सम्म देखेको छैन। उनमा यति खुबि थियो कि, जुन प्रधानमन्त्रीले गनुपर्ने काम उनले गर्न सक्थ्ये।’

दुर्गाले यतिमै टुङ्ग्याएनन्, ‘उनी तीन दिन अगाडी विर्तामोड गएका थिए । हाम्रो हस्पिटलमा पुरा शरिर चेकअफ गराएका थिए । सुगर हाई भएकाले औषधि पनि लगेका थिए। त्यहाँबाट फर्केर पनि हामी सम्पर्कमा थियौं। दुर्घटना भएको दिन बिहान ७ बजे हाम्रो कुरा भएको थियो र उनले भनेका थिए दुर्गा जी अर्को पल्ट हामी आउनु पर्छ र काम गर्नु पर्छ । खासमा उनको सोच ताप्लेजुङदेखि पाथिभरा तल फेदिसम्म एउटा केबुलकार र सन्दकपुर माथि पनि केबुलकार राखे त्यो पर्यटकहरु नेपाल आउने र यो ठाउँको विकासमा टेवा पुग्थ्यो भन्ने थियो ।’

उनले ५ दिन अगाडी आफ्नो फेसबुक मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई जन्म दिनको शुभकामना दिएका थिए । प्रहरी निरीक्षकबाट प्रहरी नायब उपरीक्षक पदमा एक नम्बरमा बढुवा भएका हरी खतिवडालाई बधाई पनि दिएका थिए।

उनी सँगै लोक सेवा पास गरेकी पुष्पा काफ्ले भन्छिन्, ‘एकदमै सहयोगी, मिलनसार व्यक्ति हुनुहुन्थ्यो। हामीले सँगै नासु पास गरेका गरेका थियौ । एउटै अफिसमा काम पनि गर्यौं। धेरै राम्रो व्यक्ति हुनुहुन्थ्यो।’

उनले २०५४ सालदेखि जागिर गर्न सुरु गरेका थिए। एक वर्ष पहिले फागुन २० गते प्रधानमन्त्री कार्यालयमा सरुवा भएका थिए। प्रधानमन्त्री कार्यालयमा गएको एक वर्ष पुग्न केही दिन बाँकी हुँदै टुंगियो जीवन सधैंका लागि।

यो पनि पढ्नुहोस्

‘अर्कोपटक सँगै दसैँ मनाउनुपर्छ है भन्दै बिदा भएको थियो’

‘अर्कोपटक सँगै दसैँ मनाउनुपर्छ है भन्दै बिदा भएको थियो’

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?