क्याप्टेन प्रभाकर केसीको वियोग र कौशी थिएटरको त्यो नाटक

‘यमराज पक्षपाति रहेछ’

‘यमराज पक्षपाति रहेछ’
+
-

‘यमराज पक्षपाति रहेछ’ चिहान नजिक बसको एक पात्र आफूले गुमाएका आफन्तलाई सम्झदैँ एक तमासले बोल्दै थियो। उ मृत्युसँग कुरा गर्दै थियो। रिस पोख्दै यथार्थ बताउँदै थियो। अनि, आफ्नो अतितसँग गफिदैँ वर्तमानमा मुर्छा पर्दै थियो। मृत्युले गलत मानिसलाई लगेको भन्दै यमराजलाई पक्षपातिको आरोप लगाइरहेको थियो।

कौशी थियटर टेकुको ‘मेमोरी यार्ड’ मा बिहिबार ३ बजे मा यस्तै संवाद सहित नाटक घन्कियो।

बिहिबार बिहान साढे १२ बजे

ताहाचलस्थित एक घर।।।

एउटा चर्चित भनाई छ– जिन्दगी आकस्मिक घटनाहरूको संगालो हो। जतिबेला हामी कुनै रंगीन योजना बुन्नमा मग्न हुन्छौं, त्यही बेला ‘स्पिड–ब्रेकर’ झैं हाम्रो जिन्दगीको रफ्तार रोक्न आइपुग्छन्, ती घटना। हामीलाई पूर्वतयारीको मौकासम्म नदिई आउने यस्ता घटनाले नै हाम्रो जिन्दगीलाई नाजुक बनाउँछ। क्षतविक्षत पनि।

संयोग नै भनौँ नाटकमा प्रस्तुत भएको दृष्यसँग यथार्थ मिलिरहेको थियो। कौशी थियटरमा नाटक चलिरहेको थियो भने ताहाचलको एउटा घरमा त्यही घटना दोहोरिरहेको थियो।

बुधबार पर्यटन मन्त्री रविन्द्र अधिकारी सहित ताप्लेजुङ्को सिस्नेभिरमा ज्यान गुमाएका पाइलटको घरको दृश्य नाटकमा देखिएको दृश्य भन्दा हृदयविदारक थियो।

जसरी नाटकको पात्रले ‘अनफेयर डेथ’ भनेर यमराजलाई पक्षपाति भन्दै थियो त्यसरी नै क्याप्टन प्रभाकर केसीको आमा पनि बिलौना गर्दै थिइन्, ‘पापी दैवले मेरो बाबालाई चुडेर लग्यो।’

प्रभाकरको घर

बुधबार बिहान ६ बजेतीर ताहाचलको आफ्नै घरबाट प्रभाकर बिदा भएका थिए। घरबाट निस्कने बेला ‘बाई’ भनेर निस्केका प्रभाकरले दुर्घटना हुनुभन्दा केही समयअघि फोन पनि गरेका थिए। तर, अहिले प्रभाकर यो संसारमा छैनन्। उनलाई यो सत्य स्विकार्न गाह्हो भएको छ।

घरमा मान्छेको आउँजाउ बाक्लो छ। मृत्युको खबर पाएर दुबईबाट दाजू दिवाकर पनि फर्किसकेका छन्। उनी रोइरहेकी आमाको हात समाएर मलिन स्वरमा भन्दैछन्, ‘नरुनु ममी।’

कल्पना दिवाकरको मुख हेर्दै सुम्सुम्याउँछिन्, एकैछिन् सम्हालिन्छिन्, फेरि उस्तै। आमाको मन के मान्थ्यो र ?

‘बाबुको मुख हेर्नुपर्छ, यसलाई नराम्रो लाग्छ। तिमीले उसलाई बिर्सनु पर्छ, छरछिमेकले सान्तवना दिँदा उनी भन्छिन्, ‘कसरी बिर्सु मेरो बाबालाई। एउटा नराम्रो खोट थिएन, बैमान थिएन। जहाँ गएपनि ‘म यहाँ छु ममी’ भनेर फोन गथ्र्यो।’

दिवाकरको काखमा पल्टिएकी कल्पना आँखामा आएको आँसु रोक्थिन् तर छिनमै भक्कानिन्थिन्, छाती पिट्थिन्। मौन बस्दा पनि टाउँको हल्लाउदै हैन हैन भन्थिन्।

छिमेकी, आफन्त सम्झाउँदै थिए, ‘फलानोको एउटामात्र छोरा यसरी बिते, तिम्रो अर्को छोरा छन्’ यसो भन्दा दिवाकरको अनुहारमा पुलुक्क हेर्थिन् उनी। सँगै बसेको छोरालाई ‘पानी खाउ भन्थिन्, सजिलोगरी बस’ भन्थिन्।

सबै थाहा थियो, अरुको दु:खमा साथ दिन पुगेको पनि हो तर मन बुझाउन अरुलाई हेर्ने अवस्था छैन।


………

७० वर्ष काटेकी हजुरआमालाई राम्ररी तलमाथि गर्न गारो छ। हजुर आमाले नातिलाई केही दिन अगाडिमात्र भेटेकी हुन्। उनलाई समाचार पनि थाहा छ, ‘पौने १ बजे सुकेटार टावरलाई आफू भएको ठाउँमा ‘हेभ्भी स्नोफल’ भएको । मौसम खराब भएकोले म उड्न सक्दिन भनेका थिए।’ दुर्घटना भएको हेलिकप्टर पाथीभरा मन्दिरभन्दा १० हजार ३ सय ९८ मिटर तल खोचमा झरेको थियो।

प्रभाकरकी हजुरआमा

त्यसैले उनको मनमा एउटा प्रश्न छ— ‘सक्दिँन भन्दा भन्दै किन उडेँ ?’

‘म जानु पर्ने, उल्टो भयो।’ उनी यस्तै बिलौना गर्छिन्।

पाइलट प्रभाकर केसी सन् २०१२ बाट पेशागत रुपमा एभियसनमा लागेको थिए। फिलिपिन्समा पाइलट कोर्ष पुरा गरेका केसी अनुभवी पाइलट भनेर चिनिन्थे। पाँच वर्षदेखि हेलिकप्टर उडाएका उनीबाट अहिलेसम्म कुनै गडबडी भएको थिएन्। मन्त्री अधिकारी र आङछिरिङलाई पहिलो पटक मात्र उडाएका हैनन् उनले।

असाध्यै मिजासिला र अनुभवी भएका कारणले नै उनी आङछिरिङको रोजाइमा परेका पाइलट थिए। उनीहरुको आग्रहकै कारण केसीले यो उडान गरेका थिए।

ताहाचल बस्दै आएका केसीको एकजना दाजू दिवाकर र आमा बाबा छन्। उनीहरु भर्खरै नयाँ घरमा सरेका थिए। बुधबारमात्र घरमा पूजा लगाइएको थियो।

प्रभाकरकी हजुरआमाले रुदैँ सुनाइन्, ‘बैशाखमा दुवै छोराको विवाहपछि सँगै पार्टि गर्ने योजना थियो। घर सर्ने र विवाह गर्ने एकै महिना पार्नु हुँदैन भनेर चाँडै घर सरेका थिए।’

……

पुन : कौशी थियटर!

मञ्चमा कामेश्वर चौराशिया बोल्दैछन्, ‘वि आर टु मच डिस्ट्याक्टेड बाई द कभर अफ लभ।’

उनी मृत्युलाई स्वीकार गर्दा हुने अफ्ठ्यारोलाई बयान गर्दै थिए। मृत्यु ‘अकाट्य’ हो भन्ने थाहा पाउँदा पनि स्वीर्कान नसक्ने परिस्थितीको अभिनय गर्दै थिए।

नाटक ‘मेमोरी यार्ड’ को मध्यतीर आफ्नो गर्भवती प्रियसी गुमाएका एक पात्र प्रेमीकाको चिहान माथि बसेर माटो मसार्छन्। उनी बिस्तारै सम्हालिन्छन् र भन्छन्, ‘हिजो आज र भोलि, सब ठीक छ, ठिकै हुनेछ।’

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?