पर्यटनका लागि जखेरा तालमा महोत्सव

डुङ्गा चढेर तालको फन्को लगाउँदा

डुङ्गा चढेर तालको फन्को लगाउँदा
+
-

दाङ-केशवराज पोखरेल व्यवसायी हुन्। उनी फुर्सदको समयमा घुमफिर गर्न मन पराउँछन्। घुमफिरका लागि उनको पहिलो गन्तव्य जखेरा ताल हो। उनलाई डुङ्गा चढेर तालको फन्को लगाउँदा रमाइलो लाग्छ।

शुक्रबार पोखरेलले जखेरा तालमा डुङ्गा चढेर फन्को मारे। ‘आहा ज्यादै रमाइलो भयो। हाम्रो जखेरामा डुङ्गा चढ्दा बेग्लै आनन्द।’ उनले भने, ‘हरियाली हेर्दै डुङ्गाले दुईवटा मन्दिरलाई फन्को मार्दा आनन्द महशूस भयो।’

लमही नगरपालिका वडा नम्बर ३ मा रहेको जखेरा तालमा तीनवटा डुङ्गा सञ्चालनमा छन्। जखेरा ताल अवलोकन गर्न आउनेहरु डुङ्गा सयर गर्छन्।

उत्तरतर्फ पहाड र तालको वरीपरीको हरियाली दृश्य मनमोहक छ। जसले दिन प्रतिदिन आन्तरिक पर्यटकहरुलाई लोभ्याइरहेको छ। जखेरा ताल पूर्व पश्चिम राजमार्गदेखि केहि दुरी पार गरेपछि पुग्न सकिन्छ।

प्राकृतिक सुन्दरता र पर्यटकीय महत्व बोकेको जखेरा तालको प्रचार प्रसार गर्ने उद्देश्यले शुत्रबारबाट तेस्रो जखेरा पर्यटन तथा साँस्कृतिक महोत्सव शुरु भएको छ।

जखेरा ताल आउने सबे पर्यटकलाई तालमा रहेको डुङगाबाट मन्दिरको दर्शन गराउने लक्ष्य राखिएको जखेरा शिवालय धार्मिक पर्यटन विकास संरक्षण प्रतिष्ठानका कोषाध्यक्ष मधु थापाले बताए। ‘जखेराको सुन्दरता तालसंग जोडिएको छ। तालमा रहेका मन्दिरलाई डुङ्गाबाट फन्को मार्ने व्यवस्था गरेका छौँ।’ उनले भने, ‘महोत्सव अवलोकन गर्न आउने सबैलाई एक पटक डुङ्गा चढिदिन अनुरोध गर्दछु।’

‘स्थानिय जल स्रोत तथा ताल तलैयाको संरक्षण गरौँ, जखेरा तालको पर्यटन प्रवद्र्धनमा टेवा पुर्‍याऔँ’ भन्ने नाराका साथ शुरु भएको महोत्सवको उद्घाटन प्रतिनिधि सभा सदस्य मेटमणी चौधरीले गरेका हुन्।

चौधरीले समृद्धिको आधार पर्यटन भएको हुँदा यसको विकासमा सबैले ध्यान दिनु पर्ने बताए।

प्रदेश सभा सदस्य इन्द्रजीत थारुले जखेरा ताल सहित अन्य पर्यटकीय क्षेत्रको विकासको लागि गुरुयोजना बनाउन जरुरी रहेको बताए। साथै उनले यस बर्ष जखेरा तालको संरक्षणका लागि चार लाख बजेट विनियोजन गरिएको जानकारी दिए।

यस्तै प्रदेश सभा सदस्य सरस्वती गौतमले प्रदेश ५ को विकासको आधार पर्यटन क्षेत्र भएको र दाङ देउखुरी क्षेत्रलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गरिने प्रतिबद्धता जनाइन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?