
काठमाडौँ – महाशिवरात्रि पर्वका अवसरमा काठमाडौँको पशुपतिनाथ मन्दिरमा अहिलेसम्म झण्डै डेढ लाख भक्तजन तथा श्रद्धालुले दर्शन गरेका छन् । बिहान तीन बजेदेखि दर्शनका लागि ढोका खोलिएकोमा अहिलेसम्म डेढ लाखले दर्शन गरेको पशुपति क्षेत्र विकास कोषले जानकारी दिएको छ ।
पशुपतिनाथ मन्दिर परिसरमा सुरक्षाका लागि पाँच हजार सुरक्षाकर्मी र भीडभाड नियन्त्रणका लागि चार हजार स्वयंसेवक परिचालन भएका छन् ।
कोषको ऐनमा नै पाशुपत क्षेत्रमा मासु, मदिरा तथा कुनै पनि प्रकारका नशालु पदार्थ निषेधित क्षेत्र भएकाले महाशिवरात्रि पर्वमा समेतमा गाँजा, भाङ, जाँडरक्सी जस्ता नशालु पदाको बिक्रीवितरण, ओसारपसार एवं प्रयोगमा प्रतिबन्ध लगाइएको जनाइएको छ ।
यस वर्ष गाँजामा कडाई गरिएको भएपनि अहिलेसम्म गाँजा सेवन गरिरहेका कोही पनि पक्राउ परेका छैनन् ।