अब के होला रेशम चौधरीको सांसद पद?

कानुनविद भन्छन्ः ‘रेशम चौधरीको शपथमा राजनीतिक बलमिच्याईं गरेको पुष्टि भयो’

कानुनविद भन्छन्ः ‘रेशम चौधरीको शपथमा राजनीतिक बलमिच्याईं गरेको पुष्टि भयो’
+
-

काठमाडौँ – तीन वर्षअघि कैलालीको टीकापुरमा ८ सुरक्षाकर्मी र एक नाबालकसहित ९ जनाको ज्यान जाने गरि भएको घटनाका दोषीलाई अदालतले सजाय सुनाएको छ ।

कैलाली जिल्ला अदालतले बुधबार फैसला सुनाउँदै रेशम चौधरीसहित १२ जनालाई जन्मकैदको सजाय सुनाएको छ । १५ जना मुक्त भएका छन् । कैलाली क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्याका लागि निर्वाचित भएका चौधरीलाई झण्डै दुई महिनाअघि सांसदको शपथ गराइएको थियो । उनले शपथ लिए पनि निलम्बनको अवस्थामा थिए ।

संविधानविद विपिन अधिकारीले जिल्ला अदालत कैलालीले बुधबार गरेको फैसलाले रेशम चौधरीलाई शपथ गराउने निर्णय ‘राजनीतिक बलमिच्याईँ’ र कानुनी शासनको विरुद्ध रहेको पुष्टि भएको बताएका छन् ।

संसदीय अभ्यासमा फौजदारी अभियोगमा अदालतको धुनछेकमा बसेको व्यक्तिलाई कतै पनि सांसदको शपथ गराउने चलन नभएको र नेपालमा राजनीतिक दबाब र कानुन मिचेर शपथ गराइएको उनले बताए ।

संविधानविद अधिकारीले भने, ‘पहिले गरिएको शपथको निर्णय राजनीति कारणले गरिएको हो । निजको विरुद्धमा देखिएका प्रमाणले नै अदालतले धुनामा राखी अनुसन्धान गर्न आदेश दिएको हो । त्यस्तो गर्नु हुँदैनथ्यो । अहिले जिल्ला अदालतको फैसलाले त्यो राजनीतिक बलमिच्याईँ थियो भन्ने पुष्टि भयो ।’

अधिकारीले देश सञ्चारसँग भने, ‘निजले उस बेला नै गरे–बिराएको देखिएको आधारमा निजलाई अदालतको खादेशले नै धुनामा राखी कारवाही गरिएको थियो । अदालतले आफ्नो थुनछेकको आदेश सही भएकै ठकर गरेको छ ।’

संसद छिर्नै नपाउने भएकाले उनको सांसद पद रहने वा नरहने भन्ने बहसको विषय नै नबन्ने उनले बताएका छन् ।

यो पनि पढ्नुहोस्

रेशम चौधरीसहित ११ जनालाई जन्म कैद, १५ जना छुटे

रेशम चौधरीसहित ११ जनालाई जन्म कैद, १५ जना छुटे

के हो टीकापुर काण्ड? कसरी मारिएका थिए एसएसपीसहित ९ जना?

के हो टीकापुर काण्ड? कसरी मारिएका थिए एसएसपीसहित ९ जना?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?